stcnepal long ad
global ime bank long

सिटिजन्स बैंकको २००औं शाखा खोटाङको दिक्तेलमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो शाखा विस्तार गर्ने क्रममा कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिका–१ मा नयाँ शाखा संचालनमा ल्याएको छ।

योसँगै बैंकका कुल शाखाहरूको संख्या २०० पुगेको छ भने कोशी प्रदेशमा मात्रै २८ वटा शाखा संचालनमा आएका छन्।

नयाँ शाखाको उद्घाटनका अवसरमा परम्परागत पूजा पाठसहित बैंकिङ कारोबारको शुरुवात गरिएको बैंकले जनाएको छ। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश राज पोखरेलले ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यसहित दिक्तेलमा शाखा स्थापना गरिएको बताउँदै उच्चस्तरीय बैंकिङ्ग सेवामा समर्पित रहने प्रतिवद्धता जनाए।

उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति थियो।

बैंकका अनुसार सुविधासम्पन्न यो शाखाबाट ग्राहकहरूले आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्। साथै साना तथा मझौला व्यवसायीहरूलाई वित्तीय पहुँच विस्तार गर्ने लक्ष्य बैंकले राखेको छ।

शाखा उद्घाटनको अवसरमा यो शाखाबाट खाता खोल्ने ग्राहकले पहिलो वर्ष निःशुल्क कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्। त्यस्तै डिम्याट खाता खोल्दा पहिलो वर्षका लागि लाग्ने शुल्कमा छुटको सुविधा पनि दिइनेछ।

नयाँ शाखा शुभारम्भकै दिन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ स्थित श्री महेन्द्रोदय माध्यमिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ। प्रमुख कार्यकारी अधिकृत पोखरेलले विद्यालयमा आयोजित कार्यक्रममा ती सामाग्री विद्यालयलाई हस्तान्तरण गरेका थिए। उनले बैंकको यो सानो सहयोगले विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे।

हालै मात्र विश्वकै प्रतिष्ठित “बैंक अफ द इयर २०२४” अवार्ड जित्न सफल सिटिजन्स बैंकले नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड“ (भर्चुअल क्रेडिट कार्ड) संचालनमा ल्याएको छ। साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा प्रदान गर्ने सुविधा पनि ल्याएको छ।

हाल सिटिजन्स बैंकले नेपालभर ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरू मार्फत १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।

IME Lifesidebar
kumari