stcnepal long ad
ime life insurance
national life
global ime bank long

ईसेवा मनि ट्रान्सफर र सामाजिक सुरक्षा कोषबीच सम्झौता

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफरले सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्दै आप्रवासी नेपालीहरूले सामाजिक सुरक्षा कोषमा सहजै योगदान गर्न सक्ने व्यवस्था मिलाएको छ।

यस सम्झौता सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला बीच हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार विदेशमा रहेका नेपालीहरूले अब विश्वभर रहेका ईसेवा मनि ट्रान्सफरका अन्तर्राष्ट्रिय साझेदारहरु मार्फत सामाजिक सुरक्षा कोषमा सहज रूपमा योगदान गर्न सक्नेछन् ।

यस सम्झौताले आप्रवासी नेपालीहरूका लागि नेपालकै सामाजिक सुरक्षा प्रणालीमा योगदान गर्ने प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउनेछ।

ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत, अजेश कोइरालाले भने, ‘हामी नेपाली समुदायलाई सामाजिक सुरक्षामा सहभागी गराउन पाउँदा अत्यन्तै खुशी छौं। अब विदेशमा रहेका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले सहज रूपमा सामाजिक सुरक्षा कोषमा योगदान गर्न सक्नेछन्।

यस साझेदारीले प्रविधिको सहायताले भुक्तानी प्रक्रियालाई सरल बनाउनुका साथै विदेशमा रहेका नेपालीहरूको सामाजिक सुरक्षामा पहुँच वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले लिएका छौं ।’

यस साझेदारीले आप्रवासी नेपालीहरूको सामाजिक सुरक्षामा योगदान गर्ने प्रक्रियालाई अझ परिष्कृत, प्रविधि(सक्षम र सहज बनाउनेछ।

ईसेवा मनि ट्रान्सफरले परम्परागत शैली र डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र आफ्ना भुक्तानी केन्द्रहरू मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनि ट्रान्सफर, नेपालभर फिनटेकमा आधारित भुक्तानी सेवाहरू मार्फत रेमिट्यान्स भुक्तानी प्रणाली सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

prabhu mahalaxmi
kumari