citizens life insurance long ad

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडद्वारा अनुपालन तथा AML/CFT तालिम तथा सेमिनार सम्पन्न

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले मिति २०८१ फानुन १० गते बल्थली भिलेज रिसोर्ट, काभ्रेपलान्चोकमा कम्पनीका उच्च व्यवस्थापनको रोहवरमा कम्पनीका ७ वटै प्रदेशका प्रमुखहरु, विभागीय प्रमुखहरु, तथा बाग्मति प्रदेश अन्तर्गत काठमाडौँ उपत्यका भित्रका शाखा प्रबन्धकहरु समेतको सहभागितामा कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा AML/CFT तालिम तथा सेमिनारको आयोजन गरियो ।

उक्त अवसरमा कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले उच्च व्यवस्थापन, विभागीय प्रमुख, तथा प्रदेश प्रमुख, शाखा प्रबन्धकहरुलाई अनुपालन तथा AML/CFT को बारेमा विस्तृत रुपमा जानकारी गराउनुभयो ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीका नियमक निकायहरुले दिएको निर्देशन त्यसै गरी ऐन नियम, कानून र उच्च व्यवस्थापनबाट समय समयमा जारी हुने परिपत्र समेतको अक्षरस पालना गरी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्नुपर्ने साथै आफ्नो दैनिक काम कारवाहीमा सोलाई पूर्ण रुपमा पालना गरी अगाडी बढ्न निर्देशन दिनुभयो ।

सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सबै विभागीय प्रमुख मार्फत सबै विभागका कर्मचारीहरुलाई तथा प्रदेश प्रमुख मार्फत शाखाका सम्पूर्ण कर्मचारीहरुलाई दैनिक रुपमा हरेक कार्य गर्दा तयार गर्नुपर्ने ग्राहक पहिचान, ऐन, नियम, निर्देशन तथा परिपत्रहरुको पालना गरेर मात्र कार्य गर्न निर्देशन दिनुभयो ।

IME Lifesidebar
kumari