citizens life insurance long ad

नेपाल राष्ट्र बैंकले वीरगन्जस्थित मनोकामना मनिचेन्जरको लाइसेन्स रद्द

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले वीरगन्जमा रहेको मनोकामना मनिचेन्जरको इजाजतपत्र (लाइसेन्स) रद्द गरिदिएको छ। राष्ट्र बैंकको वीरगन्ज कार्यालयले आज एक सूचना जारी गर्दै वीरगन्जको गोश्वरारोडमा रहेको मनोकामना मनिचेन्जरको लाइसेन्स रद्द गरिदिएको जानकारी गराएको हो।

मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधन सहित) को विनियमावली १९ को उपविनिमय (३)मा भएको व्यवस्था बमोजिम लाइसेन्स रद्द गरिएको कार्यालयले जनाएको छ।

यसका साथै अबोप्रान्त उक्त मनिचेन्जरसँग कुनै पनि कारोबार नगर्न र नगराउन पनि सर्वसाधारणलाई कार्यालयले सूचित गरेको छ।

IME Life
kumari