citizens life insurance long ad
stcnepal long ad

गरिमा समृद्धि योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको पहिलो म्युचुल फण्ड ‘गरिमा समृद्धि योजना’को इकाईका लागि आवेदन दिने (पुस ११ गते) अन्तिम दिन रहेको छ।

यो योजनाअन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई अर्थात् १ अर्ब रुपैयाँ बराबरको फण्ड बिक्रीमा ल्याएको हो।

कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई र १० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटललाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्री खुला गरिएको हो।

फण्डको इकाईमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्।

यस फण्डमा बिक्री अवधि भित्र तथा बोर्डबाट थप भएको अवधिभित्र ५० प्रतिशत अर्थात ५ करोड इकाईका लागि आवेदन परेमा इकाई बाँडफाँट गरिनेछ।

तर न्यूनतम संख्यामा इकाई बिक्री नभए योजना खारेज गरी १५ दिनभित्र लगानीकर्ताको रकम फिर्ता गरिने व्यवस्था गरिएको हुन्छ।

फण्डको बिक्री प्रबन्धक गरिमा क्यापिटल लिमिटेड नै रहेको छ। १० वर्ष अवधिको यो बन्दमुखी योजनाका लागि लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणाली प्रयोग गरी वा मेरो शेयरमार्फत् आवेदन दिन सक्नेछन्।

IME Life
kumari