citizens life insurance long ad
stcnepal long ad

एनएलजी इन्स्योरेन्स कम्पनीले भोलि मंसिर ११ गतेदेखि आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर बिक्री खुला गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले भोलि मंसिर ११ गतेदेखि आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर बिक्री खुला गर्दैछ।

कम्पनीले हाल कायम चुक्तापुँजीको ६२.५६ प्रतिशतले हुन आउने ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँबराबरको हकप्रद शेयर बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर जारी गर्नेछ।

हकप्रद शेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीले हकप्रद शेयर निष्कासनका लागि कात्तिक २७ गते बुक क्लोज गर्दैछ। यसको अर्थ कात्तिक २६ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रद शेयर भर्न पाउनेछन्।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। शेयरधनीहरुले लक्ष्मी सनराइज क्यापिटलको कार्यालय र लक्ष्मी सनराइज बैंकका काठमाडौं उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको हालको चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८.९७ रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८०।९७ रुपैयाँ कायम हुनेछ।

कम्पनीको वित्तीय अवस्था

एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास (साउन–असोज)सम्म ४ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा कम्पनीले ५७ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क र १३ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १२ करोड ५९ लाख रुपैयाँ, अन्य इक्विटीमा १५ करोड १९ लाख रुपैयाँ महाविपत्ति कोषमा ८ करोड ६९ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४३ करोड ९७ लाख रुपैयाँ र अभिकर्ता कमिसनमा १ करोड ५१ लाख रुपैयाँ खर्चिएको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १२.७१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २१४.३० रुपैयाँ, पीई रेसियो १०२.३१ गुणा र सोल्भेन्सी रेसियो १.७३ प्रतिशत रहेको छ।

हकप्रद शेयर जारी गर्न इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्युअर रेटिङ ए माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रहेको संकेत गर्छ।

IME Life
kumari