citizens life insurance long ad
stcnepal long ad

४ सय ४५ व्यवसायीलाई नापतौल इजाजत पत्र प्रदान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले गत आर्थिक वर्ष ०८०/८१ मा ४ सय ४५ उद्योग तथा व्यवसायीलाई व्यवसाय कारोबार गर्न नयाँ नापतौल सम्बन्धी इजाजत पत्र प्रदान गरेको छ ।

सो कार्यालयले २ हजार ३ सय ६८ व्यवसायीको नापतौल यन्त्रको जाँचसमेत गरेको जनाएको छ ।प्राप्त विवरण अनुसार तोकिएको मापदण्ड विपरीत ढक र तराजु प्रयोग गर्ने एक हजार ७ सय १७ व्यापारीलाई कारबाही गरी जरिवानासमेत गरिएको कार्यालय प्रमुख मुकुन्द चौहानले बताए ।

धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछाप गरी कूल पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले विभिन्न  कारबाही, नापतौल यन्त्रको इजाजत पत्र प्रदान तथा नवीकरण बापत गत आर्थिक वर्षमा ४० लाख ६७ हजार २ सय ४२ राजस्व संकलन गरेको जनाएको छ ।

IME Life
kumari