stcnepal long ad
ime life insurance
national life
global ime bank long

सलिकोको चार दिने बीमा अभिकर्ता साथै कर्मचारी अभिवृद्धि तालिम सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २०८१ असोज २ गतेदेखि ५ गतेसम्म वीरगञ्जमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा अभिकर्ता साथै कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

यस तालिमको उद्देश्य सलिकोका मधेश प्रदेशभरका कार्यरत कर्मचारीहरूको व्यवसायिक दक्षतामा सुधार ल्याउनु रहेको छ ।

उक्त कार्यक्रममाा प्रतिष्ठित अतिथिहरुको उपस्थित रहेको थियो । जसमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडकी नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, नेपाल बीमा प्राधिकरणकी मधेश प्रमुख प्रीती देव र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेश प्रदेश प्रमुख निशान्त कुमार लामिछाने रहेका थिए ।

तालिम प्रशिक्षकहरुमा आन्तरिक नियन्त्रण विभागमा प्रमुख बासुदेव जोशी, दावी विभागका सुबिन्द्र डंगोल, अण्डरराइटिङ्ग विभागका भास्कर भुजेल र सिमा गुप्ता र मानव संसाधन विभागका प्रवल अर्याल रहेका थिए । प्रशिक्षकहरुले विभिन्न क्षेत्रका समसामायिक बिषयहरुमा जानकारी तथा आवश्यक ज्ञान प्रदान गरेका थिए ।

कार्यक्रमकी मुख्य अथिति प्रीती देवले बीमा क्षेत्रमा पालना गर्नुपर्ने नियम कानुनको महत्वबारे प्रकाश पारिन् । उनले बीमा उद्योगमा दीर्घकालीन स्थिरता कायम राख्न र विश्वास बढाउन नियमहरुको कडाईसँग पालना गर्नुपर्ने आवश्यक रहेको कुरामा जोड दिइन् ।

उक्त इनहाउस तालिममा मधेश प्रदेशका विभिन्न शाखाबाट आएका कर्मचारीहरूले सक्रिय रुपमा भाग लिएका थिए, जसले सबै सहभागीहरुलाई समग्र रुपमा सिक्ने अवसर प्रदान गरेको थियो ।

 

IME Lifesidebar
kumari