stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

यस पटकको एसइई पूरकमा ५६.७८ प्रतिशत उत्तीर्ण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार उक्त परीक्षाको नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार परीक्षामा दुई लाख १० हजार ३२१ जना सहभागी भएका थिए ।

जसमध्ये एक लाख १९ हजार ४२५ जना उत्तीर्ण भएको बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागीमध्ये ९० हजार ८८८ जना ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् ।

बोर्डका अनुसार जिपिए ३.६१ देखि ४ सम्म जम्मा १८ जनाले ल्याएका छन् । जिपिए ३.२१ देखि ३.६० सम्म एक हजार ५१८ जनाले ल्याएका छन् । त्यस्तै जिपिए २।८१ देखि ३.२० सम्म २३ हजार ६२३ जनाले ल्याएका छन् ।

जिपिए २.४१ देखि २।८० सम्म ७४ हजार ४६० जनाले ल्याएको बोर्डले जनाएको छ । बोर्डका अनुसार जिपिए १।६० देखि २ सम्म भने ६४ जनाले मात्रै ल्याएका छन् ।

२०८० सालको एसइईमा नियमित परीक्षार्थीका रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए । यसअघि असारमा सार्वजनिक भएको एसइईको नतिजामा ४८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए ।

त्यतिखेर ५० प्रतिशतभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएर कक्षा ११ मा भर्ना हुनबाट वञ्चित भएपछि तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको निर्देशनमा अनुत्तीर्ण सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी हुन दिने निर्णय भएको थियो ।

ग्रेडिङ निर्देशिका, २०६८ मा दुई विषयमा एनजी आएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था रहेकोमा शिक्षामन्त्री श्रेष्ठको निर्देशनपछि यस पटक उक्त निर्देशिका संशोधन गरेर परीक्षामा अनुपस्थित तथा ननग्रेडेड सबैलाई परीक्षामा सामेल हुने अवसर दिइएको थियो । परीक्षा गत साउन अन्तिम साता सञ्चालन भएको थियो ।

बोर्डले बेलैमा नतिजा प्रकाशन गरेपछि ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीले दसैँअघि नै कक्षा ११ मा भर्ना हुने मौका पाएका छन् तर उनीहरूको पढाइ भने नियमित विद्यार्थीभन्दा दुई महिना ढिलो भएको छ ।

 

prabhu mahalaxmi
kumari