stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

कुमारी बैंकलाई भिसा इन्टरनेशनलले दुई विधामा सम्मान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडलाई भिसा इन्टरनेशनलले दुई विधामा सम्मान गरेको छ ।शुक्रबार आयोजित ‘लिडरशिप कन्क्लेभ नेपाल, २०२४’ मा कुमारी बैंक ‘एक्सिलेन्स इन कन्ज्युमर क्रेडिट कार्ड्स बिजनेस’ र ‘एक्सिलेन्स इन क्रसबोर्डर बिजनेस’ अवार्डबाट सम्मानित भएको हो ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरुरूप्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जानेसमेत प्रतिबद्धता जनाएको छ ।

prabhu mahalaxmi
kumari