बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त
काठमाडौँ, ३१ असार :
मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को पहिलो बैठक । तस्बिर सौजन्य : प्रधानमन्त्रीको निजी सचिवालय/रासस
काठमाडौँ । सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले बागमती, कर्णाली र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनु भएको हो ।
जसअनुसार सरकारले बागमतीमा दीपकप्रसाद देवकोटा, कर्णालीमा यज्ञराज जोशी र लुम्बिनीमा कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
यसैगरी, बैठकले २२ जना राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृतको सरुवा गर्ने निर्णय पनि गरेको छ ।






















