citizens life insurance long ad
stcnepal long ad

एमालेको सचिवालय बैठक साउन १७ गते बिहीबार बस्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। एमालेले यही साउन १७ गते बिहीबार सचिवालयको बैठक बोलाएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

एमालेले २०८१ को कार्ययोजना लागू गर्दैछ। यसअघि जिल्ला अधिवेशन नसकिएकाले नयाँ कार्ययोजना लागू हुन बाँकी छ। ११ वटा जिल्ला अधिवेशन हुन बाँकी रहेको छ।

ती जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न एमाले संगठन विभागले परिपत्र गरिसकेको छ। साउन मसान्तभित्र सदस्यता नवीकरण गरिसक्न पनि निर्देशन दिएको छ।

एमालेले संगठन शुद्धीकरण र सुदृढीकरण अभियान शुरू गर्दैछ।पार्टीका जिल्ला इञ्चार्ज पनि परिवर्तन हुँदैछन्। त्यस्तै २२ वटा विभागका प्रमुखरउपप्रमुख पनि परिवर्तन गर्ने तयारीछ।

यसअघि फरक जिल्ला कार्यक्षेत्र हुने गरी तोकिएको कार्यविभाजन यसपटक परिवर्तन हुने एमालेले जनाएको छ।

IME Life
kumari