citizens life insurance long ad
stcnepal long ad

लिट्मस केबल्सको “पावर पार्टनर्स मीट २०८१” सफतापूर्वक सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काडमाडौं ।नेपाली वायर तथा केबल उद्योगमा अग्रणी नाम लिट्मस इन्डिस्ट्रिज लिमिटेडले हालै मात्र आफ्नो दोस्रो पावर पार्टनर्स मिट २०८१ कार्यक्रम काठमाडौंको हायात होटेलमा सम्पन्न गरेको छ ।

कार्यक्रममा देशैभरबाट लिट्मसका डिलर तथा वितरकका साथसाथै एम्इपि, इपिसी तथा कर्पोरेट पार्टनर्सहरु गरि २०० जनाकोे उपस्थिति रहेको थियो ।

सो कार्यकममा कम्पनीको तर्फबाट जानकारीमूलक प्रस्तुतिका साथै उपलब्धिमूलक नेटवर्किङ सेसनको पनि आयोजना गरिएको थियो ।

कार्यक्रममा लिट्मसले आफ्ना महत्वपूर्ण कोशेढुङ्गा, भावी योजना साथै नेपाली बजारकै पहिलो वातावरणमैत्री तार लिट्मसको इकोवायरजेडएच्बारे पनि सहभागीहरुलाई विस्तारमा जानकारी गराएको थियो ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक रोहित गुप्ताले कम्पनीको लभभग पाँच दशकको यात्रा र उपलब्धिहरुबारे विस्तृत रुपमा चर्चा गर्नुभएको थियो ।

कम्पनीका उपाध्यक्ष साथै नेपाल विद्युतीय उत्पादक संघ (निमा) का सचिव समेत रहन ुभएका सरोज मिश्राले लिट्मसको सुरुवात, हालको बजार उपस्थिति र कम्पनीको विकासको प्रचुर सम्भावनाबारे कुराहरु राख्नुभएको थियो ।

मिश्राले कम्पनीलाई नेपाली बजारमा अग्रणी उत्पादकको रुपमा कायम राख्न कम्पनी गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रति प्रतिबद्ध रहेको कुरामा पनि जोड गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा कम्पनीले आफ्नो सुरक्षा र गुणस्तरप्रतिको लगाव र विश्वासलाई कसरी हासिल गरिरहेको र कायम राखिरहेको छ भन्ने कुरालाई पनि प्रष्ट पारेको थियो ।

सोही कार्यक्रममा कम्पनीले आफ्नो महत्वकाङ्क्षी र रणनैतिक भावी योजना अन्तर्गतको अत्याधुनिक प्रविधि र विशाल उत्पादन क्षमतासहितको परासीमा बन्दै गरेको नयाँ उत्पादन युनिट ‘लिट्मस २.०’ बारे पनि सहभागीलाई जानकारी गराएको थियो ।

यस नयाँ युनिटले कम्पनीको उत्पादन क्षमता वृद्धि गर्दै र गुणस्तरलाई अझ सुदृढ बनाउँदै बजारको बढ्दो मागलाई सम्बोधन गर्ने र बजारमा कम्पनीको अग्रतालाई अझ बलियो बनाउने कम्पनीको भनाइ छ ।

कम्पनीले सोही आयोजनामा इनामेल, मल्टिस्ट्र्याण्ड, इकोवायरजेडएच् र इमर्जिङ् डिलर गरी चार विधामा सर्वोत्कृष्ट हुन सफल भएका डिलरहरुलाई पुरस्कृत पनि गरेको थियो ।

पुरस्कारले कम्पनीको सफलता र सम्बृद्धिमा डिलरहरुको महत्वलाई प्रकाश पार्दै लिट्मसले आफ्ना च्यानल पार्टनर्सहरुसँगको गहिरो सम्बन्धलाई सधैं केन्द्रमा राखेको कुरालाई पनि पुष्टि गरेको थियो ।

कार्यक्रममा बेजोड नृत्य, आकर्षक उपहारको लागि प्रश्नोत्तर, लाइभ ब्यान्ड लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरु पनि समावेश गरिएको थियो ।

लिट्मस पावर पार्टनर्स मिट २०८१ को समापन नेटवर्किङ सेसन, सल्लाह सुझाव आदानप्रदान र उद्योगी व्यवसायीहरु बीच आगामी दिनमा सहकार्य गर्ने सदभाव र आकाङ्क्षासहित समापन भयो ।

लिट्मस इन्डस्ट्रिज र व्यवसायी, च्यानल पार्टनर्स, लगानीकर्ता, बैङ्किङ–इन्स्योरेन्स पार्टनर्स लगायत सम्पूर्ण सरोकारवालाहरु बीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुने र सहकार्य मजबुत हुने अपेक्षा राखिएको छ ।

 

IME Life
kumari