stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वैदेशिक रोजगार विभागले ५८४ वटा म्यानपावर कम्पनीको कारोबार रोक्का

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । वैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ । विभागले एक सूचना प्रकाशित गर्दै ती म्यानपावर कम्पनीको कारोबार रोक्का गरिएको जनाएको हो ।

यसरी रोक्का गरिएका कम्पनीले रोक्का तथा फुकुवा नभएसम्म श्रमिक विदेश पठाउन पाउँदैनन् । विभागका निर्देशक एवं प्रवक्ता गुुरुदत्त सुुवेदीले कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनी डेढ दशकदेखि सञ्चालन भएका जानकारी दिनुुभयो ।

उहाँका अनुसार कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनीले युुवालाई झुटा आश्वासन देखाएर विदेश पठाउने गरेको सूचना आएकाले सचेतनाका लागि यो सूचना जारी गरिएको हो ।

उहाँले भन्नुुभयो, “कारोबार रोक्का गरिएका कम्पनीबाट युुवा ठगिन नपरोस् भनेर नै यो सूचनामार्फत सचेत गराएका हौँ ।”

prabhu mahalaxmi
kumari