stcnepal long ad
ime life insurance
national life
global ime bank long

हुण्डीको कारोबार गर्ने भारतीय नागरिक साढे २० लाख सहित पक्राउ

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । हुण्डीको कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१२ ब्रम्ह टोल बस्ने भारत बिहार मोतिहारी घर भएका ३८ वर्षीय निरन्जन कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

ब्रम्ह टोलस्थित प्रतिक ईन्टरप्राइजेजमा गैरकानूनी रूपमा आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले इन्टरप्राइजेजबाट स्रोत नखुलेको नगद करिब २० लाख ४० हजार रूपैयाँसहित उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा कुमारले प्रतिबन्धित भर्चुअल रकम वाइनेन्स मार्फत हालसम्म करिब ६ करोड २६ लाख ६९ हजार ९ सय ४७ रूपैयाँ समेत कारोबार गरेको खुल्न आएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

prabhu mahalaxmi
kumari