citizens life insurance long ad

नेवानि अध्यक्ष अधिकारी सहित पाँचलाई काम गर्न प्राधिकरणले लगायो रोक

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेवानि) का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तत्कालका लागि काम गर्न रोक लगाएको छ । उड्डयन सुरक्षामा गम्भीर खेलाँची गरेको भन्दै प्राधिकरणले निगमको ‘एकाउन्टेबल म्यानेजर’ रहेका कार्यकारी अध्यक्ष अधिकारीलाई अर्को निर्णय नभएसम्मका लागि काम गर्नबाट रोक लगाएको हो ।

प्राधिकरणका अनुसार निगमले आफूसँग रहेका दुईवटा ‘वाइड बडी’ जहाजमध्ये ‘ए३३०(२००’ सिरिजको दर्ता नम्बर ‘–एन–एएलवाई’ जहाज नियमित मर्मत (सी–चेक) गर्न विना अनुमति युरोपको इटाली लगेपछि एकाउन्टेबल म्यानेजर अधिकारीलाई कारबाही स्वरूप काम गर्न रोकिएको हो ।

प्राधिकरणका अनुसार वायुसेवा कम्पनीहरूले जहाज मर्मत गर्न लैजाने विदेशका कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट पूर्वअनुमति लिएको हुनुपर्ने प्रावधान छ ।तर, प्राधिकरणबाट अनुमति नै नपाएको इटालीको एटिटेक भन्ने जहाज मर्मत कम्पनीमा निगमले आफ्नो वाइड बडी जहाज मर्मत गर्न लगेको छ ।

अनुमति नलिएको कम्पनीमा अनुमतिविना जहाज लगेर उड्डयन सुरक्षामा गम्भीर खेलाँची गरेको प्राधिकरणको ठहर छ । निगमले त्यही कम्पनीमा जहाज मर्मत गर्न लानु थियो भने विगतमै त्यो कम्पनीले अनुमति लिएको भए कुनै समस्या हुने थिएन भन्ने प्राधिकरणको भनाइ छ ।

निगमले इटालीमा जहाज छाडेर आएको छ भने त्यहाँ निगमका कोही पनि प्रतिनिधि छैनन् । त्यसबाट पनि प्राधिकरण चिढिएको हो ।

यहाँबाट वाइड बडी जहाज उडाएर लाने क्याप्टेनहरू महेश्वरमान डंडोल र रमन घिमिरे, अपरेसन डाइरेक्टर क्याप्टेन दीपु ज्वार्चन र एयर वर्दिनेस म्यानेजर ज्ञानबहादुर कुँवरलाई पनि अर्को निर्णय नभएसम्म काम गर्नबाट रोकिएको प्राधिकरणले जनाएको छ।

IME Lifesidebar
kumari