stcnepal long ad
global ime bank long

काठमाडौंका विभिन्न स्थानमा आज र भोलि विद्युत् सेवा अवरुद्ध हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज र भोली विद्युत सेवा अबरुद्ध हुने भएको छ नेपाल विद्युत् प्राधिकरणले आज र भोलि काठमाडौँको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी गराएको छ ।

मर्स्याङ्दी काठमाडौँ २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा जडित शवस्टेशन अटोमेशन सिस्टमलाई सटडाउनमा राखी कार्य गर्नुपर्ने भएकोले मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेको स्थानमा विद्युत् आवागमन प्रभावित हुने भएको छ ।

आज बिहान १० बजेदेखि ३ बजेसम्म सतुङ्गल, मच्छेगाउँ र फर्पिङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । यी क्षेत्रमा आइतबार पनि फरक फरक समयमा विद्युत् आवागमन प्रभावित हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

IME Lifesidebar
kumari