stcnepal long ad
ime life insurance
national life
global ime bank long

कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई दीक्षित गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सिक्किम स्किल विश्वविद्यालयका उपकुलपति प्रा डा अजयकुमार मिश्र उपस्थित भएका थिए।

सो अवसरमा स्नातक तह उत्तीर्ण सात सय ९८ जना दीक्षित भए। विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्यराज रेग्मीका अनुसार कृषि संकायतर्फ पाँच सय ६८, पशु चिकित्सातर्फ ४७, मत्स्य विज्ञानका २६ जना र वन विज्ञानका एक सय ५७ जना विद्यार्थी दीक्षित भएका हुन्।

स्नातकोत्तरतर्फ कृषिका एक सय २३ जना, पशु चिकित्साका ३६, पशु विज्ञानका २० जना, मत्स्य विज्ञानका १३ जना र वन विज्ञानका ६० गरी दुई ५२ विद्यार्थी दीक्षित भएका छन्। विद्यावारिधिमा दीक्षित भएका नौ जनामध्ये आठ जना कृषि र एक जना विद्यार्थी वन विज्ञानका छन्।

विश्वविद्यालयको यो चौथो दीक्षान्त समारोह हो। विसं २०६७ असार ३ गते विश्वविद्यालय स्थापना भएको हो।

रेग्मीले स्थापना दिवसका दिन दीक्षान्त समारोह सुरु गरेसँगै अब नियमित दीक्षान्त समारोह हुने विश्वास व्यक्त गरे। सो अवसरमा साहित्यिक कार्यक्रम, रक्तदान, वृक्षारोपण पनि गरिएको थियो। विश्वविद्यालयमा यही असार ४ र ५ गते अन्तर्राष्ट्रिय सम्मेलन पनि आयोजना हुँदैछ।

IME Lifesidebar
kumari