stcnepal long ad
global ime bank long

प्रभु महालक्ष्मी लाइफको पौने २६ लाख बढी कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको पौने २६ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।कम्पनीको संस्थापक समूहको २५ लाख ८४ हजार ६२५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

कम्पनीका संस्थापक शेयरधनीहरु प्रभु बैंकको नाममा रहेको २१ लाख ९६ हजार कित्ता, विराटकुमार श्रेष्ठको १ लाख ४१ हजार ३२५ कित्ता, विनिता उपाध्यायको १ लाख कित्ता, यादवेन्द्र गौतमको १ लाख ९ हजार ८०० कित्ता र प्रजितराज पराजुलीको ३७ हजार ५०० कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ।

काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सकिनेछ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari