citizens life insurance long ad
stcnepal long ad

गरिमा विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, आजैदेखि लागू हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वाणिज्य बैंकहरुसँगै विकास बैंकहरुले पनि ब्याजदर घटाउन थालेका छन् । गरिमा विकास बैंकले बुधबार  सूचना प्रकाशित गर्दै ब्याजदर घटाएका छन् ।

बैंकले आज मंसिर २७ गते बुधबारदेखि लागू हुने गरेर ब्याजदर घटाएका हुन् ।  बैंकले  व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.४० प्रतिशत दिने जनाएको छ ।

यो १ वर्षमाथिको मुद्दति निक्षेपको ब्याजदर हो । १ वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर ९.३० प्रतिशत निर्धारण गरेको छ ।

यसअघि मंसिर १ गतेदेखि लागू हुने गरेर १ वर्षमाथिको मुद्दति निक्षेपको ब्याजदर ९.७५ प्रतिशत निर्धारण गरेको थियो । १ वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर ९.५० प्रतिशत निर्धारण भएको थियो ।

IME Life
kumari