citizens life insurance long ad
stcnepal long ad

सांग्रिला डेभलपमेन्ट बैंकले आजैदेखि लागु हुने गरी ब्याजदर घटायो 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला विकास बैंकले आजैदेखि लागु हुने गरी ब्याजदर घटाएको छ। वाणिज्य बैंकहरुले धमाधम ब्याजदर घटाउदै सूचना प्रकाशित गर्न थालेसँगै विकास बैंकहरुले पनि ब्याजदर घटाउन थालेका छन्।

यसअघि साधारण बचत खातामा न्यूनतम ५.६० प्रतिशतदेखि अधिकतममा ७.६० प्रतिशतसम्म ब्याजदर तोकिएको यस बैंकले आज सूचना प्रकाशित गर्दै साधारण बचत खातामा न्यूनतम ४.८० प्रतिशतदेखि अधिकतममा ६.८० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। बैंकले सुनौलो रेमिट्यान्समा भने ७.८० प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

त्यस्तै, बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतममा ९.५ % र संस्थागततर्फ ७.५ % प्रतिशतसम्म ब्याजदर तोकेको छ। मुद्दति निक्षेपमा यसअघि बैंकले व्यक्तिगततर्फ १०.६० प्रतिशत र संस्थागततर्फ ८.६० प्रतिशत ब्याजदर कायम गरेको थियो।

IME Life
kumari