citizens life insurance long ad
stcnepal long ad

प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेज बीच समझदारी पत्रमा हस्ताक्षर 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेज बीच  मिति २०८० कातिक २३ गते एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजमा एक कार्यक्रम बिच एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजका व्यवस्थापन विभागको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई थेसिस सम्बन्धि बिषय लगानी योजना, वित्तीय तथा जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा सम्झौता भएको हो ।

कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  आशिष गौचन र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजका संचालक अभिषेक के. कार्की बाट हस्ताक्षर भएको छ ।

उक्त कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख लगानी अधिकृत  दुर्गा नन्द झा तथा एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजको तर्फबाट कार्यक्रम संयोजक  ऋकिता श्रेष्ठको उपस्थिती रहेको थियो ।

सम्झौता अनुसार प्रभु क्यापिटल लिमिटेडले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पूँजी बजार सम्बन्धी सामान्य, आधारभुत, तथा प्राविधिक विश्लेषण सम्बन्धी ज्ञान तथा तालिमहरु प्रदान गर्ने उद्देश्य रहेको छ ।

त्यसै गरि क्यापिटलले व्यवहारिक ज्ञान प्रदान गर्न विद्यार्थीहरुलाई इन्टर्नशिपको पनि अवसर प्रदान गर्ने गरि सम्झौता भएको छ ।

IME Life
kumari