evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

आगंछेँ (आगमघर) शिलान्यास

Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौँ । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले सोमबार आगंछेँ (आगमघर) शिलान्यास गरेका छन ।आगंछेँ (आगमघर) शिलान्यासको क्रममा प्रमुख शाक्यले नगरको पहिचान बनिसकेका गुठी–गाना, कला, संस्कृतिहरू संरक्षणका लागि महानगरले गर्ने बताए ।

महानगर प्रमुख शाक्यले काठमाडौँ महानगरपालिका अहिले मुर्त–अमुर्त सम्पदा संरक्षणका लागि महानगर सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा महानगर प्रमुख शक्यले गुठी विधेयक बारे पनि चर्चा गरेका थिए । गुठी विधेयकका विषयमा सरोकारवालाहरुले सरकारसँग स्पष्ट रुपमा आफ्ना भनाईहरु प्रस्तुत गर्नुपर्ने सुझाव समेत प्रमुख शाक्यले दिए ।

प्रत्येक वर्ष इन्द्रजात्राका बेला निकालिने दीप्याखं (देवीनाच) को आगंछेँ (आगमघर) शिलान्यास प्रमुख शाक्यले गरेका हुन ।काठमाडौँका विभिन्न नाच मध्ये देवी नाच पनि एक महत्वपूर्ण र ऐतिहासिक नाच भएको र यो नाचलाई दैत्य र कुमारी बीचको युद्ध जसलाई युद्ध नाच पनि भनिन्छ । आगमघरलाई काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा १ करोड बजेट विनियोजन गरेको छ । निर्माण सम्पन्नको लागि करीब ७ करोड लाग्ने अनुमान गरिएको छ ।

देवी नाच (दी प्याखं) प्रवद्र्धन तथा संरक्षण समितिका अनुसार पाँच तलाको सो आगमघरलाई संग्रहालयका रुपमा समेत विकास गर्ने योजना सुनाए । उक्त अवसरमा शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर विशेष आथितीको रुपमा सहभागी भएका थिए ।

igi long
himalayan life insurance long ad