stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिटिजन्स बैंकको चुक्ता पुँजी १७.५० अर्ब रुपैयाँ पुग्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पुँजी वृद्धि गरेको छ । गत असार ३ गते सम्पन्न आठौं विशेष साधारण सभाबाट पारित गरेसँगै बैंकको अधिकृत, जारी तथा चुक्ता पुँजी भएको हो ।

बैंकले १ सय रुपैयाँ दरका २ अर्ब रुपैयाँको ७.५ प्रतिशत सिटिजन्स अभिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेको थियो ।

कम्पनी सचिव प्रमेश राज कायस्थका अनुसार बैंकको अधिकृत पुँजी २० अर्ब रुपैयाँबाट बढाएर २२ अर्ब रुपैयाँ पुर्याइएको छ । त्यसैगरी, जारी पुँजी र चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँबाट बढाएर १७ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँ कायम भएको कायस्थले बताए ।

उनका अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयले संशोधित प्रबन्धपत्र अभिलेख गरेपछि बैंकले त्यसबारे नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई जानकारी गराएको हो । सेबोनलाई पठाएको पत्रअनुसार प्रबन्धपत्रको दफा ४ (कफ) तथा दफा ५ (कझ), ५ (ख), ५ (ग), ५ (घ), ५ (ङ) र ५ (च) संशोधन गरिएको हो ।

उक्त संशोधनलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेखीकरणका लागि पेश गरिएको थियो ।

कम्पनी रजिस्ट्रारको कार्यालयले असार २६ र ३१ गतेको पत्रमार्फत पुँजी संरचना परिवर्तन तथा प्रबन्धपत्र संशोधनलाई स्वीकृति प्रदान गर्दै संशोधित प्रबन्धपत्र अभिलेख गरेको बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari