stcnepal long ad
global ime bank long

सेबाेन अध्यक्ष छनाेटका संयाेजक भट्टले दिए राजिनामा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तिका लागि वालेन्द्र शाह सरकारले गठन गरेको सिफारिस मितिका संयोजक राष्ट्रिय याेजना आयाेगका उपाध्यक्ष डा. गुणकर भट्टले राजीनामा दिएका छन्।

सेबोन अध्यक्ष नियुक्तिका लागि सरकारले गत वैशाख पहिलो साता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो।

समितिले वैशाख १३ गते खुलाएको सेबोन अध्यक्षको दरखास्त आह्वानमा ४७ जनाले आवेदन दिएका छन्। जसमा समिति संयोजक गुणाकर भट्टका ठुलोबुबाका छोरा डा. गोपाल भट्टले समेत आवेदन दिएका छन। आफ्नै दाइले समेत आवेदन दिए पछि ‘स्वार्थको द्वन्द्व ’ हुने भन्दै संयोजक डा. भटले राजीनामा बुझाएको अर्थ मन्त्रालय स्रोतले बताएको छ।

‘आफ्नै दाइले आवेदन दिनु भएपछि संयोजकले हिजो नै समितिमा राजीनामा बुझाउनु भएको छ। अब मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर अर्को संयोजक नियुक्त गरेपछिमात्रै सेबाेनकाे अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्छ,’अर्थ मन्त्रालय स्रोतले बताएको छ। सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव धनश्याम उपाध्याय र पूर्व बैंकर भुवन कुमार दाहाल सदस्य छन।

समितिले धितोपत्र बोर्डले नियमन तथा सुपरिवेक्षण गरेको संस्थाका पदाधिकारीहरूले जागिर छोडेको एक वर्ष नभएका व्यक्तिहरूको समेत आवेदन अयोग्य गरेको स्रोतले बताएकाे छ।

IME Lifesidebar
kumari