stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेप्से ७३ अङ्कले घटेर २७ सय विन्दुभन्दा तल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  आइतवार ६१ अङ्कले घटेको शेयर बजार आज सोमवार पनि ७३ अङ्कले घटेको छ । सबै समूहको शेयर आरोलो लागेपछि नेप्से ७३ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ६ सय ८५ दशमलव ४३ विन्दुमा झरेको छ ।

आज बीमा, फाइनान्स, जलविद्युत्, होटल र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय २७ वटा कम्पनीको शेयर कारोबार भएकोमा जम्मा १३ वटा कम्पनीको शेयर मात्रै बढेर हरियो देखिएको छ ।

आज गुडविल फाइनान्स, पोखरा फाइनान्स, नेपाल फाइनान्स, युनाइडेट मर्दी हाइड्रो, कालिका पावर र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज एक करोड चार लाख ७८ हजार कित्ता शेयर पाँच अर्ब १२ करोड रुपैयाँ कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो १५ करोड ४९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

IME Lifesidebar
kumari