stcnepal long ad
global ime bank long

एशियन लाइफको हकप्रद बाँडफाँड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर बाँडफाँड भएको छ। कम्पनीले गत जेठ १६ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरूका लागि १ बराबर ०.४२ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्कासन गरेकोमा १ कराड ३९ लाख २० हजार ८०० कित्ता शेयरका लागि मात्रै आवेदन परेको छ।

रीतपूर्वक आवेदन दिएका २७ हजार ६२२ जना शेयरधनीहरूलाई भदौ ८ गते बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले हकप्रद शेयर बाँडफाँड गरेको हो।

बाँडफाँडपछि कुल ३ लाख ५८ हजार ५१२.४८ कित्ता हकप्रद शेयर बाँकी बसेको छ जुन कम्पनीले लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्री गर्नेछ।

साथै आफ्नो हकभन्दा बढी शेयर माग गरेर आवेदन दिएका शेयरधनीको हकमा बाँडफाँडमा नपरेको शेयर बापतको रकम भदौ ११ गतेदेखि सम्बन्धित बैंक खातामा फिर्ता पठाइने पनि कम्पनीले जानकारी दिएको छ।

IME Lifesidebar
kumari