stcnepal long ad
ime life insurance
national life
global ime bank long

बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि निर्यात सहजीकरणमा जोड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि निर्यात सहजीकरण गर्नुपर्नेमा नेपाल चेम्बर अफ कमर्सले जोड दिएको छ । नेपाल निर्यात परिषद्का नवनिर्वाचित पदाधिकारीलाई चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवद्र्धनमा देखिएको नीतिगत कठिनाइ अन्त्य गर्न चेम्बरले पहल गर्ने बताउनुभयो ।

प्राथमिकता प्राप्त वस्तुहरूको निर्यातमा विकसित देशहरूले अल्पविकसित राष्ट्रलाई दिने सहुलियतसम्बन्धी व्यवस्था जीएसपी सुविधा नवीकरण नहुँदा समस्या भएको उहाँको भनाइ छ । अमेरिकाले पनि पछिल्लो समय जीएसपी सुविधा कटौती गर्दा भन्सार करमा २० प्रतिशतसम्म अतिरिक्त भार परेको निर्यात व्यवसायीले गुनासो गरेका थिए ।

अध्यक्ष मल्लले विकसित देशबाट पाउने जीएसपी सुविधामा सहजीकरणका लागि सरकारी निकायका साथै सम्बन्धित देशका राजदूतसँग पहल गर्ने बताए । वस्तु निर्यात गर्दा अनलाइनबाट सिधै भुक्तानी गर्न सकिने व्यवस्था गरिए निर्यात दोब्बरले वृद्धि गर्न सकिने उहाँको भनाइ छ ।

मुलुकभरबाट उत्पादन भएका कृषिजन्य, हस्तकला, जडीबुटी, चिया, कफीलगायतका वस्तुलाई एकै ठाउँमा जम्मा गरी एकीकृत निर्यात केन्द्र वा निर्यात प्रवद्र्धन गृह मन्त्रालयमार्फत निकासी गर्न सकिए साना व्यवसायीलाई लाभ तथा उत्पादन लागत कम हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल निर्यात परिषद्का नवनिर्वाचित अध्यक्ष रेशमबहादुर पोख्रेलले भन्सार प्रक्रिया सहजीकरण नहुँदा व्यवसायीले अनावश्यक दुःख पाएको गुनासो व्यक्त गर्नुभएको थियो ।

राज्यबाट निर्यातकर्ताले पाउने सुविधा पाउन पनि विभिन्न झन्झट भोग्नुपरेको उहाँको भनाइ थियो । राज्यले विभिन्न ३९ वटा वस्तुलाई निर्यात प्राथमिकताको सूचीमा राखे पनि निर्यात भने बढ्न नसकेको उहाँले जानकारी दिनुभयो ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari