stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच आपसी सहकार्य भएको छ ।

यससम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार रिलायन्स फाइनान्स लिमिटेडसँग आबद्ध कर्मचारी, सेवाग्राहि तथा आन्तरिक एवं बाह्य सरोकारवालाले सुनौलो परिवार नेपालद्वारा सञ्चालित मेरी स्टोप्स सेन्टरबाट प्रदान गरिने यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवाहरू १० प्रतिशत छुटमा प्राप्त गर्न सक्नेछन् ।

मेरी स्टोप्स सेन्टर हाल विभिन्न १८ जिल्लामा सञ्चालित छन् । ती जिल्लामा सञ्चालित २२ ‘मेरी स्टोप्स् सेन्टर’हरूले सुरक्षित गर्भपतन सेवाका साथै परिवार योजना र महिलाहरूको महिनावारी सुरु भएदेखि बन्द नहुन्जेलसम्मका सम्पूर्ण प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आइरहेका छन् ।

सेवा प्रदान गरिएका ती स्थानमा कोशीको (विर्तामोड, विराटनगर, इटहरी), मधेस (वीरगञ्ज, लहान, लालबन्दी), बागमती (चुच्चेपाटी, गोङ्गबु, पुतलीसडक, सातदोबाटो, नारायणगढ), लुम्बिनीको (बर्दघाट, भैरहवा, बुटवल, चन्द्रौटा, दाङ, कोहलपुर र तौलिहवा), गण्डकीको (डुम्रे र पोखरा) कर्णालीको (सुर्खेत) सुदूरपश्चिमको अत्तरिया छन् ।

उक्त सम्झौता हस्ताक्षर समारोह कार्यक्रममा सुनौलो परिवार नेपालका प्रोग्राम तथा पार्टनरशिप म्यानेजर सृष्टि मैनाली र मार्केटिङ तथा कम्युनिकेसन म्यानेजर हिमा मिश्रको उपस्थिति थियो भने रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ तथा प्रमुख सञ्चालन अधिकृत रविन शाक्य तथा अन्य कर्मचारीको उपस्थिति थियो ।

दुवै संस्थाबीच भएको यस सहकार्यले वित्तीय संस्थासँग समुदायमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बढाउनुका साथै सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

prabhu mahalaxmi
kumari