stcnepal long ad
ime life insurance
national life
global ime bank long

मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले घोषणा गरेको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज असोज २१ गते अन्तिम दिन रहेको छ।

फाइनान्स कम्पनीले असोज ३१ गते नयाँ बानेश्वरको थापागाउँ ब्याङ्केटमा बिहान ११ बजेदेखि गर्न लागेको १८औं वार्षिक साधारण सभा तथा लाभांश वितरणका लागि भोलि असोज २२ गते बुक क्लोज गर्दैछ।

उक्त साधारण सभाले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति तथा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि आवश्यक कार्य गर्न, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न र रजिष्टर्ड कार्यालय स्थान संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभाका लागि तय गरिएका छन्।

IME Lifesidebar
kumari