सीवाईसी नेपाल लघुवित्तको आइपीओमा १८ लाख ६३ हजार ७९४ जनाको आवेदन
काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओमा २ अर्ब ११ करोड ५९ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार सोमबार वैशाख ५ गते साँझ सम्ममा १८ लाख ६३ हजार ७९४ जनाले २ करोड ११ लाख ५९ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले वैशाख २ गतेबाट कुल ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्कासन खुला गरेको हो । यो मध्ये ५% अर्थात् १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोष र ०.५% अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा वैशाख ६ गते मंगलबार सम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
रेटिङ एजेन्सी कियर नेपालले सीवाइसी नेपालको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कियर नेपालले २०७८ भदै ३१ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०७९ भदौ ३० गतेसम्म बाहल रहनेछ ।

























