stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवाला बीचको बैठकले निषेधाज्ञा एक हप्ता थपेको हो ।

अहिलेसम्मको नतिजा हेर्दा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएकाले अर्को एक हप्ता थप कडाइ गर्ने निर्णय गरेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । निषेधाज्ञामा यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ ।

यो अवधिमा के गर्न पाइने र के गर्न नपाइने भन्ने विषयमा सूचना निकालेर जानकारी गराइने बस्नेतले बताए । उपत्यकामा गएको ३ गते रातिदेखि लागू भएको लकडाउन बुधबार राति १२ बजेदेखि सकिने भएपछि फेरि एक हप्ता थपिएको हो ।

IME Lifesidebar
kumari