stcnepal long ad
national life

पार्टी एकिकरणमा आएका होईन रहेछन प्रचण्ड र माओवादी पार्टी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

मदन अधिकारी

काठमाण्डाै । वास्तबमा नेपालमा कम्यूनिष्ट आन्दोलनलाई स्थापित गर्ने र देश र जनताको भलो गर्ने उदेश्यका साथ पार्टी एकिकरणमा आएका होईन रहेछन प्रचण्ड र माओवादी पार्टीका अरू नेताहरू ।

बरू छुट्टा छुट्टै पार्टीमा बसेर एमालेसंग प्रतिस्पर्धा गर्न नसके पछि एमाले भित्रै पसेर एमालेलाई सिद्ध्याउने कुटिल योजना साथ एकिकरण प्रकृयामा सामेल भएका रहेछन भन्ने कुरा अहिले घाम जतिकै छर्लड्ग भएको छ ।

उसो त भूमिगतकाल देखि नै प्रचण्ड र उनले नेतृत्व गरेको पार्टीको संगठन मजबुत बनाउने कार्ययोजना भनेको तत्कालिन एमालेलाई हरतरहले कमजोर बनाउने र आफू मजबुत हुने उदेश्यबाट नै प्रेरित थियो र त्यस कुरामा उनलाई सफलता पनि हात लागेकै हो तर खुल्ला राजनीतिमा आएको २ बर्ष पछि नै उनको शंकास्पद र द्वैध चरित्र , चरम परिवारबाद र द्रव्यमोह , राज्य संचालनमा अकुशलता जस्ता कारणले प्रचण्डको शिखर टेकेको लोकपृयता एकै पटक फेदीमा बजारिएको देखिएकै हो ।

फुटाउ र राज गर शुत्रका कुशल प्रयोगकर्ता प्रचण्डले एमाले फुटाउन हरतरहका पासा उसबेला पनि फालेकै हुन र झलनाथ र वामदेवलाई आफू अनुकुल प्रयोग गरेकै हुन ।

उनले आफ्नो पासोमा पार्न नसकेका एमालेका नेतहरूमा यदि कोहि थियो भने त्यो केपी शर्मा ओली मात्रै थिए । जताततै असफलताले घेरिएका र मानव अघिकारको मुद्दामा अन्तरराष्ट्रिय अदालतमा कुनै पनि बेला उभिनु पर्ने त्रासले त्रसित प्रचण्डलाई केहि कुराले जोगाउन सक्थ्यो भने त्यो सत्ता मात्र थियो ।

यसैकारण प्रचण्ड जो सुकैसंग जस्तोसुकै संझौता गरेर सत्ताको नजिक रहन चाहन्थे । संविधान सभाको दोश्रो चुनावको परिणामले बिचलित भएका प्रचण्डका निमित्त गत स्थानीय , प्रदेश र संघिय संसदमा आफ्नो साख कसरि जोगाउने भन्ने चिन्ताले ग्रसित तुल्याएको थियो ।

प्रचण्डको बेचैनि र छटपटाहटलाई स्थानीय निर्वाचनमा कांग्रेसले संजिवनी प्रदान गर्यो भने संघीय संसदमा एमालेले । चुनावि तालमेल र एमाले माओवादी पार्टी एकिकरणको प्रस्ताव प्रचण्डले कल्पनै नगरेको र जीवनमा आईपरेको सब भन्दा ठूलो बम्पर उपहार थियो ।

जब यो कुराले सफलता प्राप्त गर्यो तब प्रचण्डको दिमागमा एउटा योजना बन्यो । पुर्व माओवादीहरूलाई हरतरहले एकजुट राख्ने र पूर्व एमालेहरूलाई फुटाउने ।

प्रचण्डलाई राम्ररी थाहा छ एमालेमा को-को लोभी पापीहरु छन र कसकसलाई शिखण्डीको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा । नभन्दै उनी माधव , झलनाथ र बामदेव जस्ता नेताहरूलाई हतियारको रूपमा प्रयोग गर्दै जनयुद्धकाल देखि माओवादी पार्टी र प्रचण्डले अख़्तियार गरेको गलतबाटोको एक्लै खरो बिरोध गर्ने केपि ओलीसंग त्यो बिरोधको सावा ब्याज सहित असुल गर्ने प्रयत्नमा छन ।

हेर्न बाकी छ उनको यो कुत्सित मनसाय कतिसम्म पुरा हुनेछ वा यस्ले उनलाई अनुहार नै देखाउन नमिल्ने गरि नाड्गेझार पार्नेछ । जे सुकै होस एउटा सत्य यो हो कि राजनीतिका कुशल खेलाडी केपि शर्मा ओलीले माओबादीसंग चुनावी तालमेल र पार्टी एकिकरण गर्नु असल उदेश्य प्राप्तिका लागि गरिएको महाभूल नै सिद्ध भएको छ ।

gold
kumari bank
kumari
nawakantipur long