stcnepal long ad
nabil bank
macchha(MBL)

सरकारलाई पर्यटन क्षेत्रमा ठोस योजना ल्याउन टानको आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले पर्यटन क्षेत्रलाई हेर्ने परम्परागत दृष्टिकोणलाई परिर्वतन गर्न ट्रेकिङ एजेन्सी एशोसीएसन अफ नेपाल (टान) लगायतका विभिन्न पर्यटनसँग सम्बन्धित संघ संस्थाले सरकारको ध्यानाकर्षण गराएका छन् ।

लामो लकडाउनका कारण थलिएको पर्यटन उद्योगलाई गति दिन सरकारले कुनै योजना नल्याएको भन्दै पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने कार्यक्रम ल्याउन माग गरेकाछन् ।

लकडाउनको मारमा समेत नेपालको पर्यटन क्षेत्रलाई बचाउन नीजि क्षेत्र लाग्दा समेत सरकारले ठोस योजना नल्याउनु दुःखद भएको उनीहरुले बताएका छन् ।

सरकारले पर्यटन उद्योगलाई बेवस्ता गर्दा धेरै पर्यटन व्यवसायी पलायन हुने अवस्था सृजना भएको भन्दै पर्यटन क्षेत्रलाई जिवित राख्न उनीहरुले माग गरेका छन् ।

ट्रेकीङ एजेन्सी एशोसीएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले आर्थिक बर्ष २०७८/७९ को बजेटमा घोषणा गरिएको पर्यटनसंग सम्बन्धित नीति तथा कार्यक्रमहरु यथाशिघ्र लागू गर्नु पर्नेमा जोड दिनुभयो ।

उनीहरुले सम्पूर्ण पर्यटन व्यवसायीलाई कोभिड विरुद्धको खोप लागाउन र विश्वको ध्यान पर्यटन क्षेत्रमा केन्द्रीत गरी पर्यटन क्षेत्रमा विश्वसनिय वातावरण सृजना गरी पर्यटकीय क्षेत्रहरु खुल्ला गर्नु पर्ने उनीहरुको सुझाव छ ।

उनीहरुले नेपाल प्रति गलत प्रचार प्रसार भएको भन्दै कोभिडविरुद्धको खोपको मात्रा पूरा गरी नेपाल आउने पर्यटकहरुलाई क्वारेन्टिन बस्न नपर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य प्रवेश बिन्दुहरुमा पीसीआर टेष्टको व्यवस्था गरी पोजिटिभले मात्र क्वारेन्टिन बस्नु पर्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।

स्वास्थ्य प्रोटोकल सम्बन्धमा आशंका भए स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन प्रभावकारी बनाउन देशव्यापी तालिम तथा अनुगमन संयन्त्रको व्यवस्था गर्न उनीहरुको सुझाव छ ।

सीसीएमसीको बैंठकमा पर्यटनसँग सम्बन्धित बिज्ञको सहभागिता नभएको भन्दै पर्यटन सम्बद्ध मूख्य छाता–संगठनका अध्यक्षहरुमध्येबाट प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् ।

कोरोनाका कारणले पर्यटन यातायात संचालन नभएको अवस्थामा सवारी कर पूर्ण रुपले छुट हुनु पर्ने नाटाका अध्यक्ष अच्युत गुराँगाईले बताउनुभयो ।

पर्यटनसंग सम्बन्धित संघ संस्था टान, नाटा, हान, नारा, एनएमए, नारा, टिबिएन, पाटा, एनटीभिए, एचआरए लगायतका संघ संस्थाले आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको पर्यटन उद्योगलाई बेवस्ता गरे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

prabhu mahalaxmi
kumari