stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

निगमले दिल्लीमा थप्यो उडान, अब हप्तामा १० वटा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल वायुसेवा निगमले अब काठमाडौं–दिल्ली–काठमाडौं हप्ताको १० वटा उडान सञ्चालन गर्ने भएको हो । निगमले हाल दैनिक काठमाडौं–दिल्ली–काठमाडौं रुटमा एउटा उडान भर्दै आएको थियो ।

यात्रुको बढ्दो चाप तथा उडानको मागलाई मध्यनजर गर्दै आजबाट काठमाडौं–दिल्ली–काठमाडौं रुटमा हप्ताको तीन दिन उडान थप गरी सञ्चालन गर्ने व्यवस्था मिलाएको निगमले जानकारी दिएको छ ।

यस व्यवस्थासँगै अब काठमाडौं–दिल्ली–काठमाडौं हप्ताको १० वटा उडान सञ्चालन हुने निगमले जनाएको छ।

prabhu mahalaxmi
kumari