citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाली कांग्रेसले भोलिदेखि सुरु हुने पार्टीको १४औं महाधिवेशनको प्रचारप्रसार व्यापक बनाइँदै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाली कांग्रेसले भोलिदेखि सुरु हुने पार्टीको १४औं महाधिवेशनको प्रचारप्रसारलाई व्यवस्थितरुपमा अघि बढाउन पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको प्रचार–प्रसार समिति अन्तर्गत आज विभिन्न जिम्मेवारी तोकेको छ ।

समितिले डा. सुरेश आचार्यलाई मिडिया सेन्टर संयोजक, बद्री सिग्देललाई प्रेस सङ्घसङ्गठन समन्वय संयोजक, समीरजङ्ग शाहलाई अनलाइन समन्वय संयोजक, दिपेश विष्टलाई सामाजिक सञ्जाल समन्वय संयोजक, शिव लम्साललाई मोफसल मिडिया सम्पर्क प्रचार संयोजक, दीपक आचार्यलाई उपत्यका प्रिन्ट मिडिया संयोजक, सरोज अधिकारी बिट समन्वय संयोजक र नीर शाहलाई टेलिभिजन समन्वय संयोजक तोकिएको पार्टी कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।

यसैगरी रेडियो समन्वय संयोजकमा गोपाल झा, बौद्धिक क्षेत्र प्रचार समन्वय संयोजकमा डा अञ्जनी झा, महिला प्रचार समन्वय संयोजकमा अञ्जना अर्याल, युवा प्रचार समन्वय संयोजकमा विकल राई, महाधिवेशनस्थल काठमाडौँ महानगर प्रचार समन्वय संयोजकमा निलकाजी शाक्य, सामाजिक सङ्घसंस्था प्रचार समन्वय संयोजकमा फूलकुमार लालवानी, प्रवास क्षेत्र प्रचार समन्वय संयोजकमा विमल सुवेदी, स्वागतद्वार र शृङ्गार संयोजकमा गोविन्द पुडासैनी, कला संयोजकमा मीन भाम र डिजिटल बोर्ड प्रचार संयोजकमा सुशन वैद्यलाई तोकिएको छ ।

himalayan life insurance
igi long