citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ ।

संसद अवरोध गर्दै आएको कांग्रेसले आजको संसद बैठकमा पार्टीको नया भूमिका तय गर्न संसदीय दलको बैठक बोलाएको हो । दलीय सहमति अनुसार कांग्रेसले आजदेखि सदन अवरोध नगर्ने तयारी गरेको छ ।

सहकारी ठगीको छानबिनका लागि संसदीय समिति र त्यसको कार्यादेशबारे दलहरूबीच लगभग सहमति भइसकेको अवस्थामा बस्न लागेको बैठकले अबको नयाँ रणनीति तय गर्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सरकारले आज ल्याउन लागेको बजेटबारे पनि छलफल हुने लेखकले बताए ।

himalayan life insurance
igi long