citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पाँच वर्षसम्म पनि टुंगिएनन् निर्वाचन विवादका मुद्धा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । २०७४ सालमा निर्वाचनमा धाँधली भएको भन्दै दायर गरेका उम्मेदवारको मुद्दाको सुनुवाइ पाँच वर्ष बित्न लाग्दासमेत टुंगिन सकेको छैन ।

संवैधानिक इजलासले मुद्दाको छिटो सुनुवाइ गरेर फैसला दिनुपर्ने भए पनि २०७९ का लागि प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा हँुदासमेत यसअघिका कैयांै मुद्दा सुनुवाइ हुन नसकेको हो ।

२०७४ साल मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुनसरी ३ बाट नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार निर्वाचित भए ।

उनले वामगठबन्धनकी उम्मेदवार भगवती चौधरीलाई ३ सय २१ मतले पराजित गरे । गच्छदारले ३८ हजार ९ सय ७२ मत पाउँदा चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरिन् ।

मतगणनाका क्रममा आफ्ना प्रतिनिधिलाई बाहिर निकालेर राज्य संयन्त्रको दुरुपयोग गरी गच्छदारलाई विजयी घोषणा गरिएको दाबी गर्दै चौधरीले मुद्दा हालिन् ।

सोही आरोपसहित उनले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

उनको मुद्दा संवैधानिक इजलासमा पुग्यो तर आजसम्म किनारा लाग्न सकेन । २६ पटक पेसी तोकिएको सो मुद्दा संवैधानिक इजलासमा १० पटक हेर्न नभ्याइनेमा प¥यो ।

संवैधानिक इजलासद्वारा बेवास्ता

प्रदेशसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ ‘ख’का कांग्रेस उम्मेदवार प्रदीप पौडेल वामगठबन्धनकी आशा कोइरालासँग ५ मतले पराजित भए ।

धाँधली भएको भन्दै उनले दिएको मुद्दाउपर संवैधानिक इजलासले आजसम्म कुनै निर्णय दिएको छैन ।  २०७४ को  प्रतिनिधि सभा निर्वाचनमा पौडेल प्रदेश सभामा थोरै मतले पराजित भएका थिए ।

तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’मा पुनः मतदान गर्नुपर्ने माग गर्दै कांग्रेसका नेता पौडेलले दायर  गरेको  रिटमा सर्वोच्च अदालतले २०७४ पुस ७ गते ‘कारण देखाऊ’ आदेश जारी गरेको थियो ।

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चालेन्द्रशमशेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले ‘कारण देखाऊ’ आदेश जारी गरेको थियो ।

प्रतिनिधिसभाकै निर्वाचनमा संखुवासभाबाट पराजित नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्काले मतगणनामा धाँधली भएको भन्दै निर्वाचन आयोग समेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरे । ३२ पटक पेसी चढेको सो मुद्दा संवैधानिक इजलासमा पुगेपछि १२ पटक हेर्न नभ्याइनेमा प¥यो ।

सो मुद्दामा मतगणना गर्दाको सक्कल मुचुल्का उपलब्ध गराउन आदेश भयो तर हालसम्म सुनुवाइ हुन सकेन ।

निर्वाचनका बेला मतगणनामा धाँधली भएको भन्दै परेका मुद्दाहरूको छिनोफानो ढिलो भएको यो पहिलो प्रकरण भने होइन । संवैधानिक इजलासको व्यवस्था नहुँदा पनि सर्वोच्च अदालतमा यस्ता धेरै मुद्दाको चाङ छन् ।

संवैधानिक इजलास नबस्दा प्रदेश राजधानीको नामसँग जोडिएका मुद्दा र प्रदेश सरकारले संघीय सरकारविरुद्ध दायर भएका मुद्दाको फैसला हुन नसकेर रोकिएका छन् । नेपालको संविधानको धारा १३७ मा संवैधानिक इजलाससम्बन्धी व्यवस्था छ ।

सो व्यवस्थाअनुसार संवैधानिक इजलासले संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह तथा स्थानीय तहबीचको अधिकार क्षेत्र’दयगत भएको विवादसम्बन्धी निरुपण गर्नेछ ।

त्यस्तै, संघीय संसद् वा प्रदेश सभा सदस्यको निर्वाचनसम्बन्धी विवाद र संघीय संसद्का सदस्य वा प्रदेश सभाका सदस्यको योग्यतासम्बन्धी मुद्दाको सुनुवाइ गर्ने व्यवस्था रहेको छ ।

त्यस्तै, अदालतमा विचाराधीन मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएमा त्यस्तो मुद्दा संवैधानिक इजलासबाट हेर्नेगरी प्रधानन्यायाधीशले तोक्न सक्ने व्यवस्था छ । आजको राजधानी दैनिकबाट

himalayan life insurance
igi long