stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

त्रिवि नै शिक्षाको धरोहरः प्रम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रधानमन्त्री कुलपति केपी शर्मा ओलीले नेपालको उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालयले प्रशंसनीय भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

सीमित स्रोत र साधन भए पनि विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा उपलब्ध गराउँदै आएकोमा आगामी दिनमा थप अनुसन्धानमुखी एवं व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्न उहाँले जोड दिनुभयो ।
त्रिभुवन विश्वविद्यालय सभाको बैठक आर्थिक वर्ष २०७७/७८ विद्युतीय माध्यमबाट आयोजना गरिएको सभालाई शुक्रबार सम्बोधन गर्नुहुँदै उहाँँले नेपालको सन्दर्भमा त्रिभुवन विश्वविद्यालय नै आधुनिक शिक्षाको धरोहर भएको भन्दै विश्वविद्यालय ख्यातिप्राप्त तक्ष शिक्षा, नालान्दा, अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयसरह रहेको उल्लेख गर्नुभयो ।

उहाँले विश्वविद्यालयले देशको मौलिक ज्ञान, चेतना, सहिष्णुता र सभ्यतालाई थप उजागर गर्दै लैजानुपर्ने बताउनुभयो । उच्च शिक्षा मौलिक, विश्वस्तरीय एवं प्रतिस्पर्धी हुनुपर्ने धारणा राख्दै मुलुकको चौतर्फी आवश्यकतालाई सम्बोधन गर्ने शिक्षा वर्तमान युगको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले कोरोना भाइरस ९कोेभिड–१९०बाट सिर्जित विश्व परिस्थितिलाई अवसरका रूपमा परिणत गर्दै उच्च शिक्षा थप सिर्जनशील एवं उत्पादनमुखी बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

आफ्नो बासस्थानलाई नै शिक्षण सिकाइको महìवपूर्ण स्थानका रूपमा विकसित गर्दै शिक्षालाई बहुआयामिक बनाउने अवसरका रूपमा लिन सम्पूर्ण शिक्षक एवं प्राध्यापकलाई अनुरोध गर्नुभयो ।

कोभिड–१९ का कारण नेपालको शैक्षिक व्यवस्थापनमा थप चुनौती थपिएको भन्दै उहाँले वैकल्पिक शिक्षण विधिको उपयोग गरी शैक्षिक सत्रलाई सदुपयोग गरिने बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा।डा। धर्मकान्त बास्कोटाले विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन सूचना प्रविधि नवप्रवर्तन केन्द्रको निर्माण गरिएको, अनुसन्धानमा थप बजेटको व्यवस्था गरिएको, पूर्वाधार निर्माणलाई थप क्रियाशील गरिएको बताउनुभयो ।

बजेट पारित
रजिष्ट्रार प्रा.डा. पेशल दाहालले सभासमक्ष आर्थिक वर्ष २०७७।७८ को नीति तथा कार्यक्रम र बजेट प्र्रस्तुत गर्नुभएको थियो । सभाले बजेट पारित गरेको छ । दाहालका अनुसार आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताविक बजेट २१ अर्ब ८६ करोड ४५ लाख २२ हजार रुपियाँमा नियमित कार्यक्रमतर्फ ११ अर्ब ९५ करोड ३९ लाख ६६ हजार रुपियाँ रहेको छ भने आन्तरिकतर्फ सञ्चालन तथा पुँजीगत खर्च नौ अर्ब ५१ करोड पाँच लाख ५६ हजार रुपियाँ र विकास कार्यक्रममा ४० करोड रकम पारित गरेको हो ।
सभामा शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले कोेभिड–१९ को सङ्क्रमणको जटिल परिस्थितिको कारण विद्युतीय माध्यमको प्रयोग गरी विश्वविद्यालयको सभा सञ्चालन गर्नुपरेको बताउनुहुँदै कठिनाइपूर्ण परिस्थिति भए पनि सभामा उपस्थिति हुनुहुने सभाका सदस्यप्रति कृतज्ञता व्यक्त गर्नुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन ।

prabhu mahalaxmi
kumari