stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

साउन १ देखि इम्बोस्ड नम्बर प्लेट

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । करिब साढे दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट जडान कार्य साउन १ देखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले बाग्मती प्रदेशका यातायात कार्यालयमा दर्ता रहेका सरकारी, संस्थान र निजी स्वामित्वमा रहेका सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न सूचना गरेको छ ।
विभागले असार २१ गतेदेखि अनलाइन फाराम खुला गरेको छ । विभागको वेबसाइटमा गई इम्बोस्ड नम्बर प्लेट प्रणालीमा प्रवेश गरी अनलाइन फाराम भर्न सकिने जनाएको छ ।

दुई पाङ्ग्रे सवारीका लागि दुई हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ । तीन पाङ्ग्रे सवारीका लागि दुई हजार नौ सय रुपियाँ, चार पाङ्ग्रे तथा मझौला सवारीका लागि तीन हजार दुई सय रुपियाँ र ठूला सवारीका लागि तीन हजार छ सय रुपियाँ शुल्क तोकिएको छ ।
दुई पाङ्ग्रे सवारीका लागि यातायात व्यवस्था कार्यालय गुर्जुधारा, तीन पाङ्ग्रे र साना तथा मझौला चार पाङ्ग्रे सवारीका लागि सवारी परीक्षण कार्यालय टेकु, ठूला सवारीका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुना र सरकारी सवारीका लागि यातायात व्यवस्था विभाग मीनभवन तोकिएको छ । इम्बोस्ड नम्बर जडानका लागि हालसम्मको राजस्व चुक्ता भएको हुनुपर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो ।
विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट सवारीसाधनको उच्च सुरक्षा सहितको डिजिटल प्रणाली हो । जसमा सवारी सधान र सवारी धनीको विवरण राखिएको हुन्छ । अनलाइन मार्फत एकै ठाउँबाट सवारीको अवस्थाको पहिचान र जानकारी लिन सकिने छ ।

इम्बोस्ड नम्बर प्लेट जडान भएपछि कागजात बोेकेर हिँड्नु पर्दैन । नम्बर प्लेटमा राखिएको डिजिटल चिप्स मेसिन मार्फत रिड गरेर सबै जानकारी हेर्न सकिन्छ ।
नयाँ प्रविधियुक्त उच्च सुरक्षित इम्बोस्ड नम्बर प्लेटबाट सवारी साधनको अवस्थाका बारेमा जानकारी हुनुका साथै गाडी कुन अवस्थामा कहाँ छ भन्ने कुराको पनि पहिचान हुने भएकाले दुर्घटना न्यूनीकरण गर्न सहज हुने महानिर्देशक हमालको भनाइ छ ।

सवारीधनी र सवारीसाधनका बारेमा एकै ठाउँमा विवरण उपलब्ध हुनेछ । राजस्व असुलीको अवस्थाका बारेमा पनि तत्काल जानकारी हुनेछ । सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न सहयोग पुग्नेछ । साथै चोरीका सवारी पूर्ण नियन्त्रण हुने विभागले जनाएको छ ।
विभागले २०७४ भदौ ५ गते उच्चस्तरीय सुरक्षासहितको इम्बोस्ड नम्बर प्लेटको उद्घाटन गरेको थियो । भदौ ९ गतेबाट साबिकको बाग्मती अञ्चलमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो तर नम्बर प्लेटमा अङ्ग्रेजी अक्षर प्रयोग भएका बारे अदालतमा मुद्दा परेपछि इम्बोस्ड नम्बर जडान स्थगित भएको थियो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन।

prabhu mahalaxmi
kumari bank
kumari