stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सुपर मादी हाइड्रोपावरको १६ औं वार्षिक साधारण सभा पुस ४ गते

हाइड्रोपावर कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर घोषणा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

हाइड्रोपावर कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

यही मंसिर ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यसका साथै बैठकले पुस ४ गते शुक्रबार, होटल इम्पेरियलमा १६ औं वार्षिक साधारण सभा बोलाउने निर्णय पनि गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १७ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ।

यस अनुसार मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long