evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

नेपाल विद्युत प्राधिकरणको नाफा ३६ अर्ब ३७ करोड

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको विगत दुई वर्षमा सञ्चित नाफा बढेर ३६ अर्ब ३७ करोड पुगेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन ।

हिजो साउन २५ गते नेपाल विद्युत प्राधिकरणले एक पत्रकार सम्मेलन गर्दै प्राधिकरणको कुल नाफा ११ अर्बबाट बढेर २ वर्षमा ३६ अर्ब ३७ करोड रुपैयाँ पुगेको जानकारी दिएका छन ।
पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत बिक्रि तथा आयबाट गर्ने आम्दानी २ वर्षअघि ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर एक खर्ब १८ अर्ब पुगेको जानकारी दिएका थिए ।

सरकारी कोषमा ३० अर्ब जम्मा

घिसिङले विद्युत विक्रि तथा आयबाट गर्ने आम्दानी २ वर्ष अघि ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर एक खर्ब १८ अर्ब पुगेको बताएका छन । प्राधिकरणको संञ्चित नाफा ११ अर्बबाट बढेर २ वर्षमा ३६ अर्ब ३७ करोड रुपैयाँ पुगेको पनि घिसिङले बताएका छन।
घिसिङले बजेट र खर्च नियन्त्रणको लागि एकीकृत भुक्तानी एवं अनलाईन भुक्तानी प्रणालीलाई प्रभावकारी बनाईएको पनि जानकारी दिएका छन । विगत २ वर्षमा प्राधिकरणले आफ्नै श्रोत साधनबाट सरकारको कोषमा साँवा ब्याज र रोयल्टी गरी ३० अर्ब जम्मा गरेको बताएका छन ।

१ अर्ब ४ करोड नाफा घटयो

प्राधिकरणले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा यो आर्थिक वर्ष २०७९/८० मा एक अर्ब ४ करोडले नाफा घटेको जानकारी दिएको छ । कार्यकारी निर्देशक घिसिङले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सुख्खायामको समय बढेर खोला तथा नदी नालामा पानीको बहाव घट्नु, हिउँ नपर्नुलगायतका कारणले विद्युत उत्पादनमा घटेको भन्दै आन्तरीक माग धान्न विद्युत आयात गर्नु परेकाले नाफा प्रभावित भएको बताएका छन।

१२ अर्ब ३३ करोड खुद नाफा आर्जन

प्राधिकरणको आर्थिक वर्ष २०७७/७८ मा नाफा ६ अर्ब १० करोड रुपैयाँ रहेकोमा २०७८/०८९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो । २०७९/०८० मा खुद नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षमा सुख्खा यामको समय बढेर खोला तथा नदी नालामा पानीको बहाव घट्दा हिउँ नपरेको कारणले हिमालमा हिउँको परिमाण घटेकोले प्राधिकरण र नीजि क्षेत्रका जलविद्युत केन्द्रहरु विद्युत उत्पादनमा ह्वास आउँदा आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित भएको प्राधिकरणले जनाएको छ।

११ शहरमा प्रशारणलाइन र सवस्टेशन बनाइने

कार्यकारी निर्देशक घिसिङले विद्युत आपूर्तिमा गड्बढी भएको भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गर्न प्रणालीमा सुधार, पूर्वाधार निर्माण र सुदृढिकरण अगाडि बढाईएको पनि दाबी गरेका छन । काठमाडौं उपत्यकासहित देशका प्रमुख ११ शहरहरुको सन् २०५० सम्ममा हुने विद्युतको माग प्रक्षेपण गरी चरणबद्ध ४००,२२० र १३२ के।बि।का प्रशारणलाईन तथा सवस्टेसनहरुको निर्माण अगाडी बढाईएको छ ।

घिसिङले विद्युत आपूर्तिमा गड्बढी भएको भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गर्ने प्रणालीका पूर्वाधार निर्माण व्यवस्था संरचनाहरु र सुधार र सुदृढीकरण अगाडि बढाईएको पनि बताएका छन । कार्यकारी निर्देशक घिसिङले सेवा प्रवाहलाई आधुनिक तथा स्वचालित बनाउँन डिजिटल एनिए कार्यक्रम अन्तरर्गत प्रशारण तथा वितरण तर्फका सवस्टेसनहरुलाई स्वचालित बनाउन सुरु गरिएको पनि जानकारी दिएका छन ।

१० अर्ब ४५ करोडको विद्युत बिक्री

आर्थिक वर्ष २०७९/८० मा प्राधिकरणले भारतमा कुल १० अर्ब ४५ करोड रुपैयाँ बिजुली निर्यात गरेर आम्दानी गरेको छ भने सोही वर्ष भारतबाट १९ अर्ब ४४ करोड रुपैया बराबरको बिजुली खरिद गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन । प्राधिकरणले १० अर्ब ४५ करोडको विद्युत बिक्री गर्नु ठुलो उपलब्धि भएको बताइएको छ।

प्राधिकरणले आईपीओ जारी गर्ने

नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणाका लागि आईपीओ निष्कासनको प्रक्रिया सुरू भएको जानकारी दिएका छन् । विद्युत प्राधिकरण ऐन २०४१ अनुसार सेयर जारी गर्न लागिएको छ । प्राधिकरणको खुद आम्दानी आर्थिक वर्ष २०७८र०७९ मा ८१ अर्ब रहेकोमा आर्थिक वर्ष २०७९/०८० खुद आम्दानी बढेर ११८ अर्ब पुगेको जनाएको छ ।

igi long
himalayan life insurance long ad