sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

उच्चस्तरीय समितिले व्यवसायीका सुझाव, पछि मात्रै नयाँ मोडालिटी तय

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । सरकारले निजी क्षेत्रसँग लकडाउनको मोडालिटिबारे सुझाव लिएको छ । संघसंस्था सहित व्यवसायीसँग मङ्गलवार भएको छलफलमा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक रहेका उपप्रधान एवं तथा रक्षा मन्त्री पोखरेलले निजी क्षेत्रबाट आएका सुझावका आधारमा आगामी मन्त्रिपरिषद्ले लकडाउनको मोडालिटी तय गर्ने भन्दै उनीहरूबाट सुझाव लिएका हुन् ।

छलफलमा व्यवसायीको तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल यातायात व्यवसायी महासङ्घ, तयारी पोसाक, निर्माण व्यवसायी महासंघलगायत क्षेत्रका प्रतिनिधि उपस्थित थिए भने सरकारका तर्फबाट उपप्रधानमन्त्री पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट सहभागी थिए ।

निजी क्षेत्रका प्रतिनिधिहरूले लकडाउन मात्रै समस्याको समाधान नभएको भन्दै विकल्पबारे सोच्न सरकारको ध्यानाकर्षण गराएका थिए । जवाफमा उपप्रधानमन्त्री पोखरेलले आफ्ना सुझाव लिखितरुपमा सम्बन्धित मन्त्रालयमा दिन र सोका आधारमा लकडाउनको मोडालिटी बनाउने बताएका थिए ।

लकडाउनको मोडालिटिबारे आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने विशेष बैठकमा थप निर्णय हुन सक्ने स्रोतले बतायो ।

gold
nawakantipur long