citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल वायुसेवा निगमले २ वर्षका लागि सटर भाडामा दिने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेपाल वायुसेवा निगमले सटर भाडामा दिने भएको छ । निगमको कान्तिपथस्थित प्रधान कार्यालय भवनमा रहेका पसलहरु २ वर्षका लागि भाडामा दिने भएको हो ।

प्रधान कार्यालय भवनको पश्चिमतर्फ टेवहाल सडक साइडमा अवस्थित भवनको भुई तल्लामा रहेका पसल कवलहरूको कुल क्षेत्रफल १५८५.५० वर्ग फिट, सोही स्थानको १३३०.४४ वर्ग फिट र उत्तर÷पश्चिमतर्फ रहेको पसल कवलहरूको कुल क्षेत्रफल ३३४४.०० वर्गफिट रहेको स्थानमा भाडामा दिने भएको हो ।

इच्छुक व्यक्ति, फर्म वा सङ्घ संस्थाहरूले निगमले तोकेको ढाँचामा सिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ । सूचना प्रकाशन भएको १५ दिनभित्र निगमको केन्द्रीय कार्यालयबाट ३ हजार रुपैयाँ तिरेर बोलपत्र फाराम खरिद गर्न सकिनेछ । उक्त बोलपत्र १६ औं दिनमा बोलपत्र खोलिनेछ ।

बोलपत्र खरिद गर्ने अन्तिम दिन र खोल्ने दिन सार्वजनिक बिदा परेमा भोलिपल्ट कार्यालय खुला रहने दिनलाई मानिनेछ । निगमको सम्पत्ति व्यवस्थापन तथा सवारी महाशाखाबाट विस्तृत जानकारी लिन सकिने जनाएको छ ।

himalayan life insurance
igi long