citizens life insurance long ad
stcnepal long ad
national life

दसैँ बिदामा सात सयको आकस्मिक उपचार

Prabhu Insurance Long Ad

नुवाकोट । दसैँपर्वको बिदा समयमा त्रिशूली अस्पताल नुवाकोटबाट करिब सात सय बिरामीले आकस्मिक स्वास्थ्योपचार सेवा लिएका छन् ।

अघिल्ला समयको चाडपर्वको भन्दा यस वर्षको दसैपर्वको बिदामा दोब्बर बढी छ सय ७७ बिरामीले आकस्मिक उपचार सेवा लिएका अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट ९प्रमुख० डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार अघिल्ला दुई वर्षको दसैँ पर्वमा कोरोना सङ्क्रमणको जोखिम रहेको समयमा समेत पर्व बिदामा कुल तीन सय हाराहारीका बिरामीले सेवा लिएकामा यस वर्ष दोब्बर बढी बिरामीले सेवा लिएका हुन् ।

“सेवाग्राही बिरामीको सङ्ख्या बढ्नु भनेको हाम्रो समुदायमा बिरामीको सङ्ख्या बढेको हो”, अस्पतालका मेसु डा पाण्डेले भने, “यस समयमा सबैभन्दा बढी ज्वरो र डेङ्गुका बिरामी अस्पतालमा भर्ना भएका छन् ।”

दसैँ बिदाको अवधिमा ज्वरोका बिरामी दुई सय ३०, डेङ्गुका एक सय ६२, सवारी दुर्घटनामा परेर घाइते भएका २५, कुकुरको टोकाइबाट घाइते भएका २०, झाडाबान्ता भएका १२, ग्याष्ट्रिक भएका १०, कुटपिटमा घाइते भएका चार, भवितव्य मृत्यु भएका व्यक्तिको शव परीक्षण एक जनासहित अन्य विभिन्न स्वास्थ्य समस्या भएका दुई सय ३० बिरामीलाई अस्पतालले आकस्मिक सेवा उपलब्ध गराएको छ ।

अस्पतालमा स्वास्थ्य जाँच तथा परीक्षणका लागि पुग्नेमध्ये एक सयभन्दा बढीलाई भर्ना गरेर उपचार सेवा दिइएको अस्पतालका मेसु डा पाण्डेले बताए ।

उनका अनुसार अस्पतालले दसैँ बिदाको समयमा बहिरङ्ग विभाग (ओपिडी) सेवा बन्द गरे पनि अन्य सेवा कायमै राखेको थियो ।

अन्य बिदाको समयमा बन्द गरिने साना–ठूला शल्यक्रिया, प्रयोगशाला, भिडियो एक्सरे, रक्तसञ्चारलगायतका सेवा दसैँ बिदाको समयमा भने निरन्तरता दिइएको थियो ।

बागमती प्रदेश सरकार अन्तर्गत सञ्चालित ५० शय्याको त्रिशूली अस्पतालले आन्तरिक स्रोतबाट १०० शय्या चलाउँदै नुवाकोट, रसुवा, धादिङलगायतका जिल्लाका बिरामीलाई सेवा पु¥याइरहेको छ ।

अस्पतालले डेङ्गु रोगको निःशुल्क परीक्षणसहित कोरोना परीक्षणका लागि आरटी–पिसीआर परीक्षण प्रयोगशाला डिजिटल एक्सरे, आइसीयू, एनआइसीयू, एचडीयू लगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।रासस

himalayan life insurance
igi long