century bank long ads
adbl long ad
himalayan Everest Insurance long ad
stcnepal long ad

कानुनविद्सँग परामर्श गर्दै सत्ता गठबन्धन

civilbank long ad
citizens life insurance long ad
himalayan Everest Insurance long ad

काठमाडौं । सत्ता गठबन्धन दलले नागरिकता विधेयक र राष्ट्रपतिको कदमबारे कानुनविद्सँग परामर्श गर्दैछ ।

गठबन्धनका शीर्ष नेताले अहिले केहिबेरपछि बालुवाटारमा कानुनविद्सँग परामर्श गर्न लागेको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवासहित, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताको आज बिहान बसेको बैठकले राष्ट्रपतिको कदम असंवैधानिक रहेको निष्कर्ष निकालेको थियो ।

संविधान बमोजिम प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पारित भएर दोस्रो पटक सिफारिस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्दछ। तर, राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने म्याद गएराति सकिएको छ ।

 

५ असोज २०७९, बुधवार १५:५६ बजे प्रकाशित

century bank long ads
stcnepal long ad