citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

काष्ठमण्डप पुननिर्माण अन्तिम चरणमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । काष्ठमण्डप पुननिर्माणका लागि कार्तिक मसान्नसम्ममा ११ करोड ४२ लाख ६८ हजार ९३६ रुपैयाँ ५३ पैसा खर्च भएको छ । यसका लागि काठमाडौँ महानगरपालिकाले ११ करोड ५० लाख रुपैयाँ आर्थिक अनुदान उपलब्ध गराएको छ ।

बैङ्क व्याज सहित उपभोक्ता समितिलाई प्राप्त ११ करोड ७५ लाख ७३ हजार ५४७ रुपैयाँ ५१ पैसा आयबाट यो रकम खर्च भएको हो । पुननिर्माण कार्य अन्तिम चरणमा पुगेपछि हिजो (मंसिर १७ गते) पुननिर्माण समितिले कार्य प्रगति र आर्थिक विवरण जानकारी दिन आयोजना गरेको आयोजना गरेको सार्वजनिक सुनुवाई तथा पत्रकार सम्मेलनमा यस सम्बन्धी जानकारी दिइएको हो ।

२०७५ साल वैशाख १८ गते जनप्रतिनिधि तथा स्थानीयको भेलाको निर्णयबाट प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनर्निर्माण समितिको गठन भएपछि प्रक्रिया अगाडि बढेको हो । ०७५ को वैशाखबाट थालिएको कामका लागि पहिलो किस्तामा किस्तामा ०७५ जेठ २९ गते ५० लाख रुपैयाँ, त्यसपछि ०७५ असोज २७ गते ५ करोड रुपैयाँ, ०७६ माघ ९ गते ५ करोड रुपैयाँ र ०७८ असार १६ गते १ करोड रुपैयाँ प्रदान गरेको हो ।

काष्ठमण्डप पुननिर्माणका लागि आवश्यक पर्ने सबै रकम काठमाडौँ महानगरपालिकाले व्यहोर्ने महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्रतिबद्धता व्यक्त गर्नुभएपछि पुननिर्माणको काम उपभोक्ता समितिबाट थालिएको थियो ।

०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणका लागि नगर कार्यपालिकाको २०७५ जेष्ठ २४ गते बसेको बैठकले उपभोक्ता समिति मार्फत काम अघि बढाउने निर्णय गरेको थियो । यसका लागि जनस्तर वा अन्य कुनै पनि निकायबाट रकम लिइएृको छैन । जनताको अपनत्व गराउन जनसहभागिता रहने गरी र मौलिक बिधिको अनुसरण गरेर पुननिर्माणको काम भइरहेको छ ।

अहिलेसम्मको प्रगतिका विषयमा जानकारी गराउँदै समितिका अध्यक्ष एवं प्रदेश सभा सदस्य राजेश शाक्यले भन्नुभयो, ‘हामी पुननिर्माणको अन्तिम चरणमा छौँ । छिट्टै नै यसको औपचारिक शुरुवात गर्नेछौँ ।’ पुननिर्माणको सिकाइको सन्दर्भ उठाउँदै शाक्यले, काष्ठमण्डप निर्माणको अन्तिम चरणमा पुगेपछि आफ्नै स्रोत, सीप र प्रविधिबाट प्राचीन स्मारक पुननिर्माण गर्न सक्छौँ भन्ने भन्ने कुरा पुष्टि भएको छ ।

पुननिर्माण समितिका सचिव गौतम डंगोलका अनुसार ०७८ कार्तिक मसान्तसम्ममा पुननिर्माणका लागि ल्याइएका ७६ हजार ११ वटा माः अप्पा (ठूलो) मध्ये ७५ हजार ७६१ वटा प्रयोग भइसकेको छन् । यसैगरी ८६ हजार ८ सय वटा माः अप्पा (सानो,) मध्ये ८३ हजार ८ सय र २२४ वटा फः अप्पामध्ये १७९ अप्पाको प्रयोग भइसकेको छ ।

१७ हजार २६० तेलिया इटामध्ये १४ हजार २६० इटाको प्रयोग भइसकेको छ । यसैगरी ९१ ह्जार २५० वटा झिँगटीमध्ये ७४ हजार ४५० झिँगटीको प्रयोग भइसकेको छ । २० वटा कुँपामध्ये १२ वटा प्रयोगमा आइसकेका छन् ।

यसैगरी ९ हजार २२४.१३ क्युविक फिट काठ प्राप्त भएको छ । जसमध्ये ८ हजार ३४४.६५ क्युविक फिट काठ प्रयोग भइसकेको छ । पुरानामध्ये ४९३.८ क्युविक फिट काठ प्रयोगमा ल्याइएको छ ।
काष्ठमण्डप पुनर्निर्माण समिति गठन भएपछि पहिलो चरणमा कार्यालय स्थापना गर्ने, विज्ञ टोली र कार्यटोलीको गठन गर्ने, सिकर्मीहरुका लागि कार्यशाला गर्ने काम थालिएको थियो ।

दोस्रो चरणमा पुननिर्माणका लागि योजना निर्माण, नक्साको तयारी, काठ र इँटाजस्ता निर्माण सामग्रीको आपूर्तिका लागि प्रयास, साइटको सरसफाइ गरिएको थियो । भूकम्प र भूकम्प लगत्तैको खोज तथा उद्धारका लागि प्रयोग गरिएको एस्काभेटरको भार तथा प्रयोगका कारण थप क्षति भएको जगमा रहेको गारोहरुको मर्मत र पुननिर्माण तेस्रो चरणमा भएको थियो ।

नक्साको तयारी गर्ने क्रममा यसको स्ट्रक्चरल एनालिसिस गराइएको थियो । यसको विश्लेषण प्रतिवेदनमा भार संप्रेषण क्षमता उत्कृष्ट रहेको कुरा उल्लेख छ । मौलिक सामग्री र शैलीकै प्रयोगबाट निर्माण गर्न सकिने केही सामान्य सुधारहरुबाहेक यसमा विशेष अरु ठूलो संशोधन गर्नुपर्ने आवश्यकता नरहेको प्रतिवेदनमा उल्लेख छ ।

काष्ठमण्डपको जगमा भूकम्पबाट कुनै क्षति नपुगेको कुरा युनेस्कोको सहयोगमा बेलायतको दरह्याम विश्वविद्यालय र पुरातत्व विभागको टोलीले गरेको पुरातात्विक अनुसन्धानले पनि औल्याएको थियो । त्यसअनुसार सुरक्षित रहेको जगको गारोलाई नबिगारी त्यसलाई नै मर्मत गरी त्यसमाथि नयाँ गारो थप्ने कार्य भएको हो ।

अध्ययनका क्रममा काष्ठमण्डपको इतिहास कम्तीमा ७ औँैं शताब्दी हाराहारीमा भएको हुनसक्ने प्रमाणहरु भेटिएको थियो । काष्ठमण्डपमा प्रयोग गरिने निर्माण सामग्रीको गुणस्तर निर्धारण गर्ने सन्दर्भमा पनि केही परीक्षण गरिएको थियो ।

यसका लागि पुरानो माः अप्पाको नमूनालाई प्रयोगशालामा पठाई इन्जिनियरिङ्ग परीक्षण गराइएको थियो । काष्ठमण्डपमा प्रयोग भएको माः अप्पा हाल बजारमा उपलब्धभन्दा भिन्न आकारको रहेकोले सोहीबमोजिम यसको उत्पादन र आपूर्तिको लागि प्रयास गरियो ।

काष्ठमण्डपको गारोमा प्रयोग भएको माटोको प्रयोगशालामा नमूना परीक्षण गराउँदा (क्ले, सिल्ट र बालुवा) को विशेष अनुपात रहेको माटो प्रयोग गरिएको कुरा देखियो । जगमा भरिएको माटोका विषयमा दरह्याम विश्वविद्यालय र पुरातत्व विभागको टोलीको अध्ययन प्रतिवेदनमा यसमा विशेष अनुपात मिलाएर तयार गरेर भरिएको माटो हो भन्ने कुरा उल्लेख छ । पुननिर्माण गर्दा यही अध्ययनले देखाएको पूर्व अवस्थालाई सोहीबमोजिम पुननिर्माण गराइएको छ ।
कार्यक्रममा पुननिर्माणका क्रममा गरिएका कामलाई समयक्रमसँग विवरणात्मक ढाँचामा सार्वजनिक गरिएको थियो ।

पुननिर्माणका क्रममा अघिल्लो महिना कार्तिकमा, तल्लो छानामा झिँगटी लगाउने काम भयो । माथिल्लो तलाबाट सुरु गरिएको काम तल्लो तलामा पुगेको हो । यससँगै भुइँ तलाको बुर्जाको मिखाफुसि कोलाँ र मुठलमा बुट्टा काट्ने काम, बुर्जाहरुको बार्दली जडान गर्ने कामलाई निरन्तरता दिइयो ।

पुननिर्माणका क्रममा लगाइएका वरिपरिका खटहरु खोलि सकिएको छ । भुइँ तलामा तेलिया टायल लगाउने, पूर्वी प्रवेशको खुड्किला बनाउने काम थालिसकिएको छ ।
१७ गते भुइँ तलामा दोस्रो घेराको उत्तरपश्चिम कुनाको गणेश (सूर्य विनायक) भन्दा अगाडि रहेको माय्सिं जडान भयो । यसै दिन गोरखनाथको आसन तयार गरी गोरखनाथको मूर्तिलाई त्यसमाथि राखिएको हो ।

पूर्वी प्रवेशद्वारमा रहेका सिंहहरुको आसन तयार गर्ने काम २२ गतेबाट सुरु गरेर २५ गते सकिएको हो । २६ गते दुवै सिंहहरुलाई आसनमाथि लगेर राखिएको छ ।
कार्यक्रममा वास्तुविद, सल्लाहकार समिति तथा विज्ञ समूहबाट प्रा. डा. सुदर्शन राज तिवारी, कोषप्रसाद आचार्य, काइवाइ सेसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

himalayan life insurance
igi long