citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

बेलायतमा रोजगारीका लागि १० हजार स्टाफ नर्स बेलायत पठाउने तयारी

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले बेलायतमा रोजगारीका लागि १० हजार स्टाफ नर्स पठाउने तयारी भएको जानकारी दिनुुभएको छ । मन्त्री श्रेष्ठले नेपालमा बेरोजगार अवस्थामा रहेका स्टाफ नर्स पठाउनका लागि सम्झौताको तयारी गरिरहेको जानकारी दिनुुभएको हो ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले बेलायतजस्ता अन्य आकर्षण सुरक्षित गन्तव्य देशको पनि खोजी गरिरहेको जानकारी दिनुुभयो । उहाँले भन्नुुभयो, नेपालीका लागि आकर्षण कमाइ पनि हुने र सुरक्षित श्रम गन्तव्य मुलुकसँग हामी श्रम सम्झौता गरेर श्रमिक पठाउने खोजिरहेका छौँ ।

श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी गरिरहेको जानकारी दिनुुभयो । बेलायतको सन्दर्भमा नेपाली नर्स पठाउनका लागि श्रमिक मैत्री सम्झौता गर्ने विषयमा सम्बन्धित सरोकारवालासँग छलफल गरिरहेको र यसमा छिट्टै टुुङ्गो लाग्ने उहाँको भनाइ छ ।

सचिव गौतमले यसअघि सम्झौता भएका तर समय सकिएका मुुलुकहरूको पनि सम्झौता पुनरवलोकन गर्ने तयारी मन्त्रालयले गरेको जानकारी दिनुुभयो । मन्त्रालयका अनुसार दक्षिण कोरियाको सम्झौता पुुनरवलोकन गर्न ढिला भइसकेको छ । कोरियाको गत वर्षको डिसेम्बरमै सम्झौता पुनरवलोकन गर्नुुपर्ने थियो ।

himalayan life insurance
igi long