नागार्जुन नगरपालिका विकास निर्माणमा तिब्रता
काठमाडौं । नागार्जुन नगरपालिका भौतिक पूर्वाधार विकासमा फड्को मार्न सफल भएको छ। नागार्जुन नगरपालिकामा गत आर्थिक वर्षमा व्यापक विकासका काम भएको नगर प्रमुख मोहन बहादुर बस्नेतले बताएका छन ।
नागार्जुन नगरपालिका विकास र पूर्वाधार निर्माणको क्षेत्रमा निकै अगाडि बढेको छ । नगरवासीको अर्थोपार्जन, शिक्षा, स्वास्थ्य,खानेपानी तथा यातायात संचालनका आवश्यक सडक र पूर्वाधार विकासमा फड्को मारेको छ ।
आर्थिक र सामाजिक प्रणालीलाई व्यवस्थित र वैज्ञानिक तुल्याउन प्रयासमा निरन्तर लागिरहेको छ । शिक्षा क्षेत्रमा पनि नगरपालिकाले उल्लेख्य प्रगति गरेको छ ।
शिक्षालाई यसले प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ । वडा सबै विद्यालयहरुमा नयाँ भवन निर्माण भइसकेको छ । शिक्षकको वृत्ति विकासको लागि तालिमको व्यवस्था र विद्यार्थीहरुको प्रगति मापकका लागि अभ्यास पुस्तिका तयार पारिएको छ ।
यस्तै स्वास्थ्य क्षेत्रमा पनि यश नगरपालिकाले फड्को मारेको छ । नगरभित्र ५० शैय्याको अस्पतालका लागि कार्ययोजनासहित बजेट छुट्याइ सकिएको छ ।
१० वटै वडामा स्वास्थ्य चौकी संचालनमा ल्याइएको छ । नगरवासीको स्वास्थ्य सुरक्षालाई गम्भीरतासाथ ध्यानमा राखेर कार्यक्रम अगाडि बढाइरहेको नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले बताएका छ ।
हरेक क्षेत्रमा भौतिक पूर्वाधार नै विकासको मूल आधार भएको प्रमुख बस्नेतले बताए । भौतिक पूर्वाधारको विकासमा नगरपालिकाले ठुलो फड्को मारेको छ ।
कोभिड १९ संक्रमित महिला र जेष्ठ नागरिकलाई उपचारमा ५० हजार रुपमा सहयोग गरेको छ । संक्रमणबाट मृत्यु भएका परिवारलाई १२ हजार रुपमा आर्थिक सहयता प्रदान गर्दै आइरहेको छ ।
नगरवासीको पीसीआर गर्ने कार्यक्रमलाई तीव्र रुपमा पर्याप्त मात्रामा स्वास्थ्यकर्मीको व्यवस्था र उनीहरुलाई भत्ताको व्यवस्था गरिएको छ । संक्रमितका लागि आइसोलेशन कक्ष संचालित छ ।
यस्तै कृषि क्षेत्रमा पनि नगरपालिकाले विकास र प्रोत्साहनका काम उल्लेख मात्रामा गरेको छ । किसानलाई उत्पादनमा अनुदान, दुहुना गाई वितरण तथा मौसमी फलफूल उत्पादनका लागि बिउबिजन निःशुल्क रुपमा प्रदान गरेको छ ।
यसैगरी संघ, प्रदेश सरकार र स्थानीय तह मिलेर नगरभित्र सडक विस्तार तथा पूर्वाधार निर्माण कार्य चलिरहेको छ । थुप्रै सडकखण्डलाई सुधार गरेको छ । बस्ती, बजारका सडकमा बत्ती र सीसी क्यामेरा जडानका काम भइसकेको छ । ढल निकासलाई व्यवस्थित बनाइएको छ ।
सामाजिक क्षेत्रमा विपन्न, अपांगता भएका र महिला लक्षित कार्यक्रमलाई प्रथामिकताका साथ अगाडि बढाइएको छ । एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिम र सीप विकाससम्म कार्यक्रम दिइएको छ । बाल गृह तथा जेष्ठ नागरिकको अवस्थालाई ध्यान दिई राहतसम्बन्धी कार्यक्रम केन्द्र संचालनमा ल्याइसकिएको उपप्रमुख सुशिला अधिकारीले बताइन् ।
विद्यार्थीलाई अध्ययन र ज्ञानमा कमी आउन नदिने नियमित रुपमा अनलाइन कक्षा संचालनको व्यवस्था मिलाइएको उपप्रमुख अधिकारीले जानकारी दिइन् ।
ट्यांकीबाट घरघरमा खानेपानी धारा पुर्याइएको छ भने टोलटोलामा सामाजिक भवन बनाइएको छ । नगरभित्रबा दिइने सरकारी सेवालाई व्यवस्थित र सरल अनि छिटो बनाउन प्रणालीमै सुधार गरिएको छ । आफ्नो बाँकी कार्यकाललाई नगरवासीहरुकै हित र संरक्षणमा व्यतित गर्ने उनको प्रतिज्ञा छ । नगरपालिकाले मठ, मन्दिुर, गुम्बा लगायत धार्मिक, साँस्कृतिक सम्पदाको संरक्षणमा उत्तिकै मेहनत गरेको छ ।
अहिलेसम्म गरिएका कार्यहरु
नगरपालिकले प्राथमिकताका साथ विशेषरुपमा भौतिक पूर्वाधारहरुको व्यवस्था गरिएको छ । नागरिकको दैनिकी जोडिने क्षेत्रको विकासका लागि योजना र कार्यक्रमसहित तीव्र रुपमा काम भएको छ ।
शिक्षा
– सर्वप्रथम सबै वडामा विद्यालय भवन निर्माण गरिएको ।
– अनलाइन कक्षा सञ्चालन गरिएको ।
– विद्यार्थीहरूको प्रगति मापनको लागि अभ्यास पुस्तिका तयार गरिएको ।
– कोभिड १९ को महामारीलाई मध्यनजर गरी विद्यालयमा स्यानिटाईजर र मास्क वितरण गरिएको ।
– शिक्षकहरुलाई खोपको व्यवस्था गरिएको ।
– जम्मा १९ सामुदायिक विद्यालय र ७५ प्राइभेट विद्यालय रहेका छन् ।
– गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुलाई आवश्यकता अनुसार तालिमको व्यवस्था गरिएको ।
– विकासका कार्यहरुमध्ये शिक्षालाई पहिलो प्राथमिकता दिइएको ।
स्वास्थ्य
– १० वटै वडामा सहरीकरण स्वाथ्य चौकी सञ्चालन गरिएको ।
– आइसुलेसन्को व्यवस्था गरिएको ।
– कोभिडको बेला नगरपालिकामा खोपको व्यवस्था गरिएको ।
– पिसिआर परीक्षण गराइएको ।
– स्वाथ्यकर्मीहरुलाई खाजा भत्ताको व्यवस्था गरिएको ।
– ३ ठाउँमा छुट्टै आइसोलेशन्को व्यवस्था गरिएको ।
– अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको ।
– कोभिडको बेला नगरपालिकाबा एम्बुलेन्सको व्यवस्था गरिएको जसमा मृत र बिरामीका लागि छुट्टाछुटै ।
– कोभिडका बिरामीहरुलाई रु ५००० सहयोग गरिएको ।
– संक्रमितको मृत्यु भएको खण्डमा रु १२००० दिने व्यवस्था गरिएको ।
– पहिलो चरणको कोभिड लहरमा राहत वितरण गरिएको जसमा महिला लागि रु ५००० र जेष्ठ नागरिकलाई पनि रु ५००० ।
– ५० शैय्यासहितको अस्पताल संचालन गर्नका लागि योजना बनाइएको ।
– नगरका प्रत्येक वडामा राहत वितरण गरिएको ।
सामाजिक क्षेत्र
– एकल महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि आवश्यक अनुसार तालिम को व्यवस्था गरिएको ।
– बाल क्लबहरु गठन गरिएको ।
– बालश्रम घोषणा गरिएको ।
– विपन्न वर्गलाई वडावडामा सिफारिस गरी अनुदान प्रदान गरिएको ।
– बालगृह सञ्चालन गरिएको ।
– माहिला हरुलाई विभिन्न किसिमका तालिमको व्यवस्था गरिएको जसमा सिलाई, बेकरी आदि ।
– जेष्ठ नागरिकलाई राहत वितरण गरिएको ।
कृषि
– ठाउँ हेरेर बाख्रा पालन र कुखुरा पालनको व्यवस्था गरिएको ।
– ५० वटा दुहुना गाई वितरण गरिएको ।
– कृषि क्षेत्रको लागि १२ लाख अनुदान प्रधान गरिएको ।
– पोषिलो घाँसको बीउ विजन वितरण गरिएको ।
– मौसम अनुसार बीउ विजन वितरण गरिएको ।
– मल वितरण गरिएको ।
– फलफूल बीउ विजन वितरण गरिएको ।
– जनताको आवश्यकता अनुसार सबै कुराको व्यवस्था गरिएको ।