citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

स्मार्ट च्वाइस टेक्नोलोजी र मिडिया इन्टरनेसनलबीच सम्झौता

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) र मिडिया इन्टरनेसनल बीच ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’ संचालनबारे सम्झौता भएको छ । सोमबार भएको सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजीका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र मिडिया इन्टरनेसनलका तर्फबाट अध्यक्ष माधव निर्दोषले हस्ताक्षर गर्नुभएको छ ।

उक्त सम्झौता अनुसार मिडिया इन्टरनेसनलद्धारा देशका ७७ वटा जिल्लामा संचालन हुने फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी कार्यक्रममा क्यूआर पार्टनरका रुपमा स्मार्ट क्यूआर रहने छ ।

सो कार्यक्रममा एससीटीका का.मु. प्रमुख कार्यकारी अधिकृतले यस अभियानबाट ग्रामिण क्षेत्रमा विद्युतीय भुक्तानी सम्बन्धी जनचेतना बढाउनेमा ठुलो सहयोग पुग्ने बताउनुभयो । उहाँले देशका सबै क्षेत्रका बसोबास गर्ने जनमानसमा क्यूआर कोडको उपयोगिता र प्रयोग सम्बन्धी जानकारीको विस्तार भई कारोबार गर्ने प्रेरित गर्न कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी मिडिया इन्टरनेसनलका अध्यक्षले अबको वित्तिय कारोवारको भविष्य स्मार्ट क्यूआर भएका कारण स्मार्ट क्यूआरसँगको सहकार्यले कार्यक्रमलाई थप प्रभावकारी बनाउन मद्धत पुग्ने बताउनुभयो ।

स्मार्ट क्यूआर एससीटी द्धारा सन्चालनमा ल्याइएको विद्युतीय भुक्तानी प्रविधि हो । जसमा बैंक तथा वित्तिय संस्थाका मोबाइल बैंकिङ लगायत विभिन्न मोबाइल वालेटबाट समेत कारोवार गर्न सकिन्छ ।

सो सम्झौता अनुसार फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी कार्यक्रममा स्मार्ट क्यूआर लगाायत विद्मुतिय भुतmानी कारोवार सम्बन्धमा जानकारी गराइने छ ।

‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’ कार्यक्रम नेपाल राष्ट्र बैंकको प्रबद्र्धन र मिडिया इन्टरनेसनलद्धारा संचालीत वित्तीय साक्षरताको डिजिटल कार्यक्रम हो ।

himalayan life insurance
igi long